sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » आप्रवासी हकहित संरक्षण सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

खोटाङ, ४ माघ । खोटाङ सदरमुकाम दिक्तेलमा आप्रबासी हकहित संरक्षण सम्बन्धी तीन दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

 बैदेसिक रोजगारीलाई सुरक्षित र उपलव्धीमुलक बनाउने वाताबरण निर्माणका लागि आप्रबासी हकहित संरक्षण केन्द्रका पदाधिकारीलाई सहभागी गराएर अभिमुखीकरण तालिम सञ्चालन गरिएको हो । बालसेवा समाज नेपालद्धारा सञ्चालित सुरक्षित आप्रबासन परियोजना अन्तरगत बिद्यालय तथा आमसञ्चार कार्यक्रले सञ्चालन गरेको अभिमुखीकरण मंगलबार सम्पन्न भएको हो । अभिमुखीकरणमा जिल्ला तथा गाबिस तहका २७ आप्रबासीको सहभागीता रहेको थियो । 

होटल शुभदिनमा सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा सामी हेल्भेटासका कार्यक्रम अधिकृत बिजय ठाकुर र जिल्ला संयोजक भक्त राईले सहजीकरण गरेका थिए । गैर–सरकारी संस्था महासंघका केन्द्रीय सदस्य दिपनारायण रिजालको प्रमुख आतिथ्यता र जिबिसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत नरहरि सापकोटाको बिशेष आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम बालसेवा समाजकी अध्यक्ष चन्द्रकला भुजेलको सभापतित्वमा सञ्चालन गरिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post