sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » पुनःसंरचनाको असन्तुष्टिमा विद्यालयमा गाडियो कालो झण्डा

खोटाङ, १० माघ । स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई बुझाएको खाकाको विषयमा असन्तुष्टी जनाउँदै आन्दोलनमा उत्रिएका खोटाङको चार गाविसका स्थानीयले विद्यालयमा कालो झण्डा गाडेका छन् ।

जिल्लाबाट सर्वसहमतीमा सिफारिस गरिएको महुरेगढी गाउँपालिकालाई हटाएर आयोगले लामिडाँडा गाउँपालिका बनाएको विरोधमा सोही दिनदेखि आन्दोलनरत बुइपा, विजयखर्क, राजापानी र नुनथलाका स्थानीयले आ–आफ्नो गाविसका विद्यालयमा कालो झण्डा गाडेका हुन् । 

विद्यालयको पठनपाठनमा अवरोध नपुग्ने गरी सबै गाविसका विद्यालयमा विरोधस्वरुप कालो झण्डा गाडिएको सङ्घर्ष समितिका संयोजक उदयबहादुर कार्कीले बताउनुभयो । आयोगको सिफारिस प्रति विरोध जनाउँदै स्थानीयले थालेको आन्दोलनप्रति चारै गाविसका विद्यालयले समेत समर्थन जनाएका छन् । 

आयोगकको निर्णय विरुद्ध आन्दोलित स्थानीयले माथिल्लो सगरमाथा र मध्यपहाडी लोकमार्गमा सञ्चालित यातायातका सवारी साधन दुई हप्ता अघिदेखि बन्द गर्दै आएका छन् । लामो समयसम्मको यातायात बन्दले जनजीवन प्रभावित भएको भन्दै जिल्लास्थित राजनीतिक दलले यातायात बन्दको विकल्प खोज्न आग्रह गरेपछि आन्दोलनकारीले बेलुकी ५ देखि बिहान १० बजेसम्म सञ्चालन हुन दिएका छन् ।

लामो समयसम्म आन्दोलित भएका स्थानीय पछिल्लो समय निक्कै आक्रासित भएका छन् । चरणवद्ध आन्दोलनमा उत्रिएका उनीहरुले सवारी साधन तोडफोड तथा केही व्यक्तिमाथि हातपात समेत गरेका छन् । 
आन्दोलनरत चार गाविसका स्थानीयको समर्थनमा छिमेकी गाविसका स्थानीयले समेत साथ दिँदै आएका छन् । उनीहरुले आयोगको निर्णय नसच्चिएसम्म आन्दोलनलाई जारी राख्ने जनाएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post