sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » » आमा गुमाएका नाबालकको पालनपोषणका लागि अक्षयकोष

खोटाङ, २४ पुस । ब्लड क्यान्सरबाट पीडित आमाको उपारको क्रममा मृत्यु भएपछि बिचल्लीमा परेका उनका नाबालक छोराको पालनपोषण तथा शिक्षादिक्षाका लागि अक्षयकोष स्थापना गरिएको छ ।

 क्यान्सरबाट पीडित खोटाङ खार्मी–८ की १८ वर्षीया कविता तामाङको उपचारको क्रममा गत साउन ३० गते मृत्युु भएपछि बिचल्लीमा परेका उनका नाबालक छोरा तेन्जिङको पालनपोषण तथा शिक्षादिक्षाका लागि पाँच लाख ४७ हजार ७४७ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । 

खोटाङ बास्पानी घर भइ हाल बेलायतमा रहुनुभएकी जयन्ती राईले त्यहाँ संकलन गरेर पठाउनुभएको पाँच लाख तीन हजार ८४७ र बास्पानी नै घर भइ हाल काठमाडौंमा रहनुभएकी रन्जना राईले संकलन गर्नुभएको ४३ हजार ८६० रुपैयाँगरी जम्मा पाँच लाख ४७ हजार ७४७ रुपैयाँको अक्षयकोष स्थापना गरिएको जयन्तीका दाजु तथा नेकपा (एमाले) का नेता राजन राईले बताउनुभयो । काठमाडौंस्थित बानेश्वरमा रहेको जनता बैंकमा स्थापना गरिएको अक्षयकोषको ब्याज नाबालक तेन्जिङको पालनपोषण तथा शिक्षादिक्षामा उनका आफन्तले खर्च गर्ने व्यवस्था मिलाइएको एमाले वैकल्पिक केन्द्रीय सदस्य समेत रहुनभएका नेता राईले जानकारी दिनुभयो । 

लामो समयदेखि ब्लड क्यान्सरपीडित कविताको उपचारमा आर्थिक अभाव भएको समाचार राष्ट्रिय समाचार समितिमार्फत विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण भएपछि जयन्ती र रन्जताले ‘कविता बचाउ’ अभियान सञ्चालन गरेर रकम संकलन गर्नुभएको थियो । अभियानका क्रममा संकलित रकम पीडित कवितालाई हस्तान्तरण गर्न जाँदा सोही दिन राति नै (साउन ३० गते) कविताको मृत्यु भएको थियो । 

क्यान्सर पीडित कविताले आफू नबाँच्ने थाहा पाएपछि छोरा बँचाइ दिन आग्रह गर्दै सबैसँग सहयोगको याचना गरेकी थिइन् । काखमा दूधे बालक च्यापेर काठमाडौंको सिभिल अस्पतालमा उपचार गराइरहेकी कविताले आफू मर्नुअघि भनेकी थिइन्, “मत मर्ने नै भएँ, यदि सक्नुहुन्छ भने मेरो नाबालक छोरालाई बँचाइ दिनुहोस् ।”

मर्नुअघि कविताले गरेको पुकारलाई मध्यनजर गर्दै उनको नाबालक छोराको पालनपोषण तथा शिक्षादिक्षामा खर्च गर्नेगरि अक्षयकोष स्थापना गरिएको राईले जानकारी दिनुभयो । “अहिले ब्याज मात्र खर्च गर्ने व्यवस्था मिलाइएको छ ।” उहाँले भन्नुभयो, “जब तेन्जिङ सोह्र वर्षको भएपछि उ आफैले कोषको रकम झिकेर खर्च गर्न सक्नेछ ।” 

आमाको मृत्युपछि तेन्जिङलाई अहिले उनका फूपु सुमिला तामाङको साथमा काठमाडौं मै राखिएको छ । करिब एक वर्षको हुन लागेका उनी अहिलेसम्म स्वस्थ रहेको फूपु सुमिलाले जानकारी दिनुभएको छ । 
खार्मी–५ मा जन्मिएकी कविता दुई वर्षअघि खार्मी–८ का अशोक तामाङसँग वैवाहिक बन्धनमा बाँधिएकी थिइन् । विवाहअघि कक्षा १० पढ्दादेखि नै कवितालाई ब्लड क्यान्सर देखिएको पारिवारिक स्रोतले जनाएको छ । 

निम्न आर्थिक अवस्था भएका अशोक कवितासँग  वैवाहिक बन्धनमा बाँधिएपछि रोजगारीको सिलसिलामा साउदीअरब गएका थिए । घरमा श्रीमती बिरामी भएपछि उनको उपचारका लागि साउदीबाट छुट्टीमा आएका अशोक श्रीमतीको मृत्यु भएपछि पुनः साउदी जानबाट वञ्चित बनेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post