sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » चितवनको ३ विगाह जग्गा बेच्ने संगठित गिरोह सिआइबीको फन्दामा

खोटाङ, १९ पौष ।  नक्कली जग्गा धनी बनेर चितवनको ३ विगाह जग्गा बेच्ने संगठित गिरोहलाई नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरो सिआइबीले पक्राउ गरेको छ  । जग्गा किर्तेको संगठित गिरोहमा खोटाङ जिल्ला खाल्ले घर भएका हाल ललितपुर जिल्ला मालपोत कार्यालयमा कार्यरत अधिकृत मिन बहादुर भट्टराई जग्गा किर्तेको अभियोगमा पक्राउ परेका हुन् ।  
उनीसँगै सिआइबीले मोरङ इटहराका देबेन्द्र थापा र झापा हुक्का गाछीका नगेन्द्र कार्कीलाई पक्राउ गरिएको डिआइजी नवराज सिलवालले बताए । उनीहरुले चितवन भण्डारा ३ का लोकेन्द्रराज पाठकको नाममा भण्डारा गाविस २ मा रहेको ३ विगाह एक कठ्टा ५ धुर जग्गा तत्कालिन मालपोत कार्यालय डिल्लीबजार र चितवन मालपोत कार्यालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर सो जग्गा विक्री गरेका थिए ।
जग्गा धनीको नागरिकता र जग्गा धनी पुर्जा किर्ते बनाएर उनीहरु आफैँ नक्कली जग्गा धनी बनेका थिए । उनीहरुले २०६६ चैेत ९ गते मकवानपुरको नेचुरल फ्लावर एण्ड हर्वल प्रालिलाई ५० लाखमा जग्गा बेचेका थिए । कम्पनीले जग्गा खरीद गरेपछी सुरुमा हिमालय बैंकमा धितो राखि ५ करोड कर्जा लिएको थियो ।
सो कर्जा प्राईम बैंकले २०६९ सालमा राजधानीका थप ३ वटा घर समेत धितो राखि कर्जा स्वायप गरी कुल ८ करोड ऋण उक्त नेचुरल फ्लावर एण्ड हर्बल प्रालि कम्पनीले लिएको खुल्न आएको छ । पीडितले आफ्नो जग्गा कीर्ते गरी बेच बिखन भैसकेको थाहा पाएपछी लिखत बदरको लागी चितवन जिल्ला अदालतमा उजुरी दिएका थिए । उक्त मुद्दा विचाराधिनमा रहेको छ । जग्गा किर्तेको संगठित गिरोहका नाईके खोटाङ जिल्ला खाल्ले घर भएका भट्टराई तत्कालिन समयका  नेकपा एमालेका बिद्दयार्थी नेता पनि रहेको स्रोतले जनायो ।



यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post