sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » घरेलुको वार्षिक बजेट डेढ करोड बढी


खोटाङ, १७ माघ । घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय खोटाङले आर्थिक वर्ष २०७४/०७५ का लागि प्रस्तुत गरेको प्रस्तावित बजेट पारित गरिएको छ । 

जिल्ला विकास समितिको सभाहलमा सोमबार आयोजना गरिएको सर्वपक्षीय भेलामा कार्यालय प्रमुख लोकनाथ खतिवडाले प्रस्तुत गर्नुभएको एक करोड ५८ लाख २१ हजार बराबरको प्रस्तावित बजेट पारित गरिएको हो ।

कार्यालयले प्रस्ताव गरेको बजेटमा उद्यमशिलतालाई जोड दिइएको छ । कार्यालयले युवा उद्यमी तथा औधोगिक जनशक्ति विकास, रोजगारमूलक सशक्तिकरण, उद्योग प्रवद्र्धन, उद्यमी सृजना, सीप विकास तथा क्षमता अभिवृद्धि तालिम, उद्यमीका लागि आवश्यक औजार प्रदान लगायतका कार्यक्रम तयार गरेको छ । 
वार्षिक समीक्षा तथा प्रस्तावित बजेट प्रस्तुत कार्यक्रममा सहभागी वक्ताले कार्यालयले जिल्लाको पछाडी परेका क्षेत्रलाई समेट्न नसकेको बताएका छन् । आगामी दिनमा योजना बनाउँदा त्यस्ता क्षेत्रलाई समेट्ने किसिमको योजना बनाउन कार्यालयलाई सुझाव समेत दिएका छन् ।

स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्षेत्रीय निर्देशक नवराज राउत, जिल्लास्थित राजनीतिक दल, कार्यालय प्रमुख, सरोकारवाला लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै क्षेत्रीय निर्देशक राउतले जिल्लाको आर्थिक समृद्धिमा टेवा पु¥याउन औधागिककरणमा जोड दिनुपर्ने बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post