sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खुकुलो बन्दै अनिश्चितकालिन मध्यपहाडी लोकमार्ग बन्द

खोटाङ, २ माघ । स्थानीय तह पुःर्नसंरचना आयोगले प्रस्ताब नै नगरिएको गाउँपालिका बनाउन सिफारिस गरेको भन्दै खोटाङमा मध्यपहाडी लोकमार्ग बन्दमा उत्रिएका संघर्ष समितिले आन्दोलनलाई केही खुकुलो पारेको छ । 

खोटाङको गाउँपालिकाको सूचीबाट महुरेगढीको नाम हटाएर लामीडाँडा बनाइएपछि सच्याउन माग गर्दै बिरोधमा अनिश्चितकालिन सडक बन्दमा उत्रिएका बुईपा, राजापानी, बिजयखर्क, नुनथला लगायतका स्थानीयले आन्दोलनलाई केही खुकुलो पारेका हुन् । पुस २३ गतेदेखि मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयराम सडकको नुनथला खण्ड तथा सगरमाथा राजमार्ग अन्तरगत महुरे–फोक्सिङटार सडक ठप्प पारेर बिरोध जनाइरहेका संघर्ष समितिले यात्रुको मागलाई मध्यनजर गर्दै रातका समयमा सवारी साधन आवतजावत खुल्ला गरेको संघर्ष समितिका सदस्य एबं युवासंघका जिल्ला अध्यक्ष दिनेश राईले बताए । 

यसअघि रातदिन सवारी साधनको आगमनलाई रोकेको संघर्ष समितिले हाल रातको १० बजेदेखि बिहान ७ बजेसम्म सडक खुला गरेको छ । अनिश्चितकालिन सडक हड्तालले सर्वसाधारणले यात्रा तथा जनजीवन कष्टपूर्ण भएको भन्दै कांग्रेस, एमाले, माओबादी केन्द्र, राप्रपा, नेकपा माले, खम्बुवान राष्ट्रिय मोर्चा र नयाँ शक्तीले आन्दोलनको बिकल्प खोज्न बन्दकर्तालाई आग्रह गरेको केही दिनपछि संघर्ष समितिले सडक बन्दलाई केही खुकुलो बनाएको हो । रातका समयमा बन्द घोषित क्षेत्र पार गर्नुपर्ने भएकाले यात्रु अझै पनि मारमै छन् । राजधानी काठ्माण्डौंबाट जिल्ला भित्रिएका यात्रु रातको १÷२ बजे मात्र सदरमुकाम दिक्तेल ओर्लन बाध्य छन् । मध्यरातमा होटल समेत बन्द हुँदा आफुहरुलाई समस्या परेको यात्रुको गुनासो छ । 

प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण 
गाउँपालिकाको सूचीमा सिफारिस नै नगरिएको गाउँपालिकाको नाम समाबेश गरिएको भन्दै काठमाण्डौंमा राकेश राईको संयोजकत्वमा गठन गरिएको महुरेगढी गाउँपालिका खोटाङ–काठ्माण्डौं संघर्ष समितिले पुःर्नसंरचनामा भएको त्रुटी सच्याउनकालागि प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् ।

माओबादी केन्द्रका नेता गोपाल किराती, सांसद पिके राई, पुर्वसांसद रामकुमार राई सापाङ, संघर्ष समितिका संयोजक राकेश राई लगायतको टोलीको मागका विषयमा प्रधानमन्त्री दाहालले सकरात्मक जवाफ दिएको जनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेका संघर्ष समितिको मागका बिषयमा दाहाल सकरात्मक देखिएकाले सडक बन्दको बिकल्प खोज्ने तयारी गरिएको आन्दोलनरत बिद्यार्थी नेता ओमप्रकाश घिमिरेले बताए । 
सडक बन्दका कारण जिल्ला अस्पताल दिक्तेलबाट आकस्मिकरुपमा रेफर गरिएका बिरामी हेलीकोप्टर चार्टर गर्न वा हवाईजहाज प्रयोग गर्न बाध्य छन् । श्रोतका अनुशार आयोगका सदस्य डा. श्याम भुर्तेलले काठ्माण्डौं बस्ने केही नेताको लहैलहैमा सिफारिस नै नभएको गाउँपालिका तयार पारेपछि बिरोध आएको हो । जिल्लाबाट प्रस्ताबित महुरेगढी गाउँपालिकालाई यथावत कायम नगरिएसम्म आन्दोलन जारी रहने संघर्ष समितिका संयोजक उदयबहादुर कार्कीले बताए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post