sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » च्यास्मीटार पूर्ण खोपयुक्त गाविस घोषणा

खोटाङ, १५ माघ । खोटाङको च्यास्मीटार गाबिसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । गाविसमा रहेका २ वर्षमुनीका बालबालिकालाई नेपाल सरकारले सञ्चालन गरेको सबै प्रकारका खोप लगाएको सुनिश्चित भएपछि च्यास्मीटारलाई शुक्रबार पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो ।

९ वडालाई पूर्ण खोपयुक्त वडा घोषणा गरिसकेपछि जिल्ला जनस्वास्थ्य कार्यालयका खोप सुपरभाईजर फडिन्द्र थापाको प्रमुख आतिथ्यतामा गाबिसलाई पूर्ण खोपयुक्त गाबिस घोषणा गरिएको हो । खोप सुपरभाईजर थापाले अन्धबिश्वासका कारण अझैपनि बालबालिका खोप लगाउनबाट बञ्चित हुने गरेको उल्लेख गरे । ‘अन्धबिश्वासका कारण अझैपनि बालबालिकालाई खोप नलगाउने गरेको पाईन्छ,’ थापाले भने, ‘सबै किसिमका रोगबाट बालबच्चालाई जोगाउने हो भने खोप अनिवार्य दिन आवश्यक छ ।’

राजनैतिक दल, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, आमा लगायतले पूर्ण खोपलाई कार्यान्वयनकालागि प्रतिबद्धता सामुहिक प्रतिबद्धता जनाएका छन् । पुर्ण खोपयुक्त गाबिस घोषणा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेबिकालाई कदर–पत्र प्रदान गरिएको स्वास्थ्यौकीका ईन्चार्ज राजकिशोर शाहले बताए । कार्यक्रममा नेकपा माओबादी केन्द्रका जिल्ला सम्मेलन आयोजक समिति सदस्य जीवन राई, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष सुरेन्द्र राई, खम्बुवान राष्ट्रिय मोर्चाका जिल्ला अध्यक्ष तुलसी तिलुङ खम्बूले बोलेका थिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post