sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » कुवेतमा ज्यान गुमाएका चन्द्रवोलको परिवारलाई करिब एक करोड क्षतिपूर्ती

खोटाङ, १० माघ । कुवेतमा ज्यान गुमाएका खोटाङका एक मृतकका परिवारलाई करिब एक करोड क्षतिपूर्ती उपलब्ध गराइएको छ । वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका मात्तिम–७ का चन्द्रवोल राईको परिवारलाई रु ९८ लाख दश हजार २२० क्षतिपूर्ती बापतको रकम उपलब्ध गराइएको हो । 
कुवेतस्थित मृतक चन्द्रवोलले काम गर्ने कम्पनीबाट जिल्ला प्रशासन कायालय खोटाङमा आएको रकम मृतकका आमा सुभद्रा राईलाई उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताउनुभयो । मृतकका परिवारले पाएको उक्त रकम अहिलेसम्म कै सबैभन्दा धेरै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
प्रशासनमार्फत मृतकका परिवारलाई यसअघि दिलाइएको क्षतिपूर्ती ४५ लाखसम्म रहेको प्रशासनको लेखा शाखामा तथ्याङ्क रहेको छ । कुवेतमा दुई वर्ष बसेर घर फर्केपछि पुनः कुवेत पुगेका चन्द्रवोलको तीन महिनापछि वि.सं. २०७१ साल साउन १३ गते गाडी दुर्घटना परेर मृत्यु भएको उनका भाइ सन्तोष राईले बताउनुभयो ।  
छुट्टिमा घर आएको समयमा विवाह गरेर कुवेत गएका चन्द्रवोलको तीन महिनापछि नै मृत्यु भएपछि उनका श्रीमतीले दोश्रो विवाह गरेर अन्यत्र गएकी छन् । श्रीमानको मृत्यु भएपछि कम्पनीले दिने क्षतिपूर्ती बापतको रकमका लागि कागजी प्रक्रिया मिलाइ दिएर उनी अर्कैसँग विवाह गरेर गएको स्थानीयले बताएका छन् । 
मृतक चन्द्रवोलको श्रीमती अर्कैसँग विवाह गरेर गएपछि हकवालाको रुपमा उनको आमा सुभद्रालाई चेकमार्फत क्षतिपूर्ती रकम उपलब्ध गराइएको प्रशासनले जनाएको छ । कागजी प्रक्रिया मिलाउन ढिला भएकाले मृतक परिवारलाई तीन वर्षपछि मात्र क्षतिपूर्ती बापतको रकम उपलब्ध गराउन सकिएको प्रजिअ कार्कीले बताउनुभयो ।  

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post