sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » » खोटाङमा ‘नमूना’ विद्यालय कार्यक्रम सुरु

खोटाङ २१ पुस । जिल्ला शिक्षा कार्यालय खोटाङले नमूना विद्यालय कार्यक्रम सुरु गरेको छ । नमूना विद्यालयका रुपमा स्थापित गर्नकालागि पहिलो चरणमा छानिएका जिल्लाका ३० विद्यालयमध्ये सरस्वती माबि दिक्तेलबाट नमूना विद्यालय कार्यक्रम सुरु गरिएको हो । 

पुस्तकका भरमा मात्र पठनपाठन भइरहेको विद्यालयमा पाठ्याक्रमले तोके अनुशारको पठनपाठनको व्यवस्थाकालागि शिक्षाले नमूना विद्यालय स्थापना अभियान सुरु गरेको हो । पुस्तकको माध्यमबाट मात्र गरिने पठनपाठनले राम्रो सिकाई उपलव्धी नदेखिएकाले पाठ्यक्रममा आधारित शिक्षण सुरु गरिएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए । नमूना बनाउनका लागि छानिएका अन्य विद्यालयका प्राबि तहमा पनि क्रमशः टेस्टबुकको सट्टा करिकलममा आधारिक शिक्षण क्रियाकलाप सुरु गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । शिक्षाका अनुशार नमूना विद्यालय बनाउनकालागि आवश्यक पुस्तक खरिद गर्न पुस्तकालय व्यवस्थापन शिर्षकमा ३० विद्यालयलाई प्रतिविद्यालय साँढे ६ लाख रुपैयाँ उपलव्ध गराइएको छ । 

खस्कँदो शैक्षिक स्तरलाई सुधार गर्दै ‘नमूना’ विद्यालयकारुपमा स्थापित गर्नकालागि थालिएको अभियानकाक्रममा छात्रछात्रालाई पाठ्याक्रममा आधारित थरिथरिका पुस्तकहरु खरिद गरेर वितरण गरिएको छ । पुस्तक मात्र हेर्दैआएका छात्रछात्रालाई हाल नमूना शिक्षण अन्तरगत पाठ्याक्रममा आधारित कथा, कबिता, निबन्ध, ज्ञानगुणका विषय समेटिएका, व्यवहार सिकाई, लेखन सिकाईसँग सम्बन्धीत पुस्तकहरु उपलब्ध गराइएको सरस्वती माबिका प्रअ ध्यानबहादुर राईले बताए । 

नमूना विद्यालय बनाउनकालागि थालिएको अभियानकाक्रममा स्वयं जिल्ला शिक्षा अधिकारी नेपाल बालबालिकालाई पठनपाठन गर्न÷गराउन सरस्वती माबि पुग्ने गर्नुभएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post