sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » दलित उद्यमी सहकारी संस्थाको पुँजी उद्यममा लगानी

सर्मिला विश्वकर्मा/ खोटाङ
पुस २८ । खोटाङ दलित उद्यमी सहकारी संस्था लिमिटेडले आफ्नो अधिकांश पुँजी दलित उद्यमीको व्यवसायीक विकासका लागि लगानी गरेको छ । 

२०६९ सालमा स्थापना भएको दलित सहकारीले आर्थिक वर्ष २०७२/०७३ मा उद्यम सञ्चालन गरिरहेका दलित उद्यमीलाई लक्ष्यीत गरेर लगानी गरेको जनाएको छ । सहकारीको पाँचौं साधारणसभामा फलामजन्य कोसेली घर सञ्चालनकालागि २ लाख तथा ८ जना सिलाईकटाई व्यवसायीलाई ५०÷५० हजारका दरले लगानी गरिएको जानकारी दिएको छ । 

जिल्लाका दलित समुदायलाई एकताबद्ध गर्दै व्यवसायीक र आर्थिकरुपमा आत्मनिर्भर बनाउनकालागि ६ लाख लगानी गरिएको सहकारीका अध्यक्ष मिलन चाहारले जानकारी दिए । सहकारीको साधारणसभाले आगामी वर्ष फलामजन्य उद्योगलाई औधोगीकरणकालागि भावी निती तथा कार्यक्रम पारित गरेको छ । हलेसीमा सुफत मूल्याको खुकुरी पसल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । 
 हाल १४१ जना शेयर सदस्य रहेको सहकारीको शेयर संख्या आगामी आर्थिक वर्ष ५ सय पु¥याउने अध्यक्ष चाहारले जनाए । 
कार्यक्रमका सहकारी संघका जिल्ला अध्यक्ष नूरकाजी शैंजूलेसहकारी दलित मात्रको सहभागीतामा स्थापना गरिएको पहिलो भएको दाबी गरे । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post