sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » सडक पेटीमा राखेका सामान जफत गर्ने तयारी

खोटाङ २१ पुस । जिल्लाको दिक्तेल नगरपालिकाले सडक पेटीमा राखेका सामान जफत गर्ने तयारी गरेको छ ।

सडक पेटीमा जथाभाबी बिक्री गर्न राखिने सामानले नगरपालिकाको सुन्दरता बिगारेको भन्दै नगरपालिकाको कार्यालयले सामान जफत गर्ने तयारी गरेको हो । अव्यबस्थित बजारलाई व्यवस्थापन गर्नेक्रममा सडक पेटीका सामान हटाउन पहिलोपल्ट सुचना टाँस गरेको, दोश्रोपल्ट घर–घरमा अनुरोधको चिट्ठी पठाएको, तेश्रोपल्ट माईकिङ तथा चौथोपल्ट बजार अनुगमन गरेको नगरपालिकाले पाँचौंपल्ट भने सामान जफत गर्ने चेतावनी दिएको हो । 

वर्षौँ अघिदेखि सडक पेटीमा सामान नराख्न आग्रह गर्दैआएको नगरपालिकाले बुधबार दिक्तेल बजारको रत्नपार्कदेखि हाटडाँडासम्मका पशल अनुगमन गरेको छ । नगरपालिकाले नगरपालिका स्तरका नेता, उद्योग बाणिज्य संघ, सामुदायीक सेवा केन्द्र सहितको टोली लिएर बजार निरिक्षण गरेको हो । 

अनुगमनका क्रममा व्यवसायीलाई आगामी दिनमा सडक पेटीमा सामान राखेको पाइएमा जफत गर्ने चेतावनी दिइएको दिक्तेल नगरपालिकाका कार्यकारी अधिकृत अनिल किरातीले बताए । बजारलाई व्यवस्थित गर्नेक्रममा नगरपालिकाले दैनिक बेलुका ६ बजेपछि मात्र मालबाहक सवारी साधन बजारभित्र प्रबेश पाउने नियम लागू गरेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post