sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » स्थानीय तह पुनःसंरचनाका बिषयमा खोटाङका दल पनि असन्तुष्ट

खोटाङ, २५ पुस । स्थानीय तहको सूचीमा प्रस्ताव नै नगरिएको गाउँपालिकाको नाम समाबेस भएकाे भन्दै खोटाङका राजनैदिक दल असन्तुष्ट बनेकाे पाइएकाे छ । हलेसी तुवाचुङ र रुपाकोट मझुवागढी नगरपालिका तथा महुरेगढी, ऐसेलुखर्क, केपिलासगढी, जन्तेढुंगा, खोटेहाङ, दिप्रुङ, साकेला र बराहपोखरी गाउँपालिका बनाउन प्रस्ताव गरिएकामा स्थानीय तह पुःर्नसंरचना आयोगले महुरेगढीको सट्टामा लामीडाँडा गाउँपालिका बनाएर सरकारलाई सिफारिस गरेको भन्दै जिल्लाका दल असन्तुष्ट बनेका हुन् । 

लामो बिवाद र छलफलपछि टुंग्याएर पठाइएको स्थानीय तहको खाकालाई पहुँचका भरमा केही नेताले परिवर्तन गरेकामा जिल्लाका नेताहरु आक्रोशित छन् । आयोगले जिल्लास्थित स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समिति तथा सर्वदलीय बैठकले प्रस्ताव गरेकोभन्दा बेग्लै गाउँपालिकाको खाकाको प्रतिबेदन प्रधानमन्त्री समक्ष बुझाएको बिरोधमा बुईपा, राजापानी, बिजयखर्क, नुनथला लगायतका स्थानीय सडक बन्द गरेर आन्दोलनमा उत्रिएकाबेलामा दलले समेत पोखेका छन् । सोमबार स्थानीय शान्ति समितिको कार्यालयमा बसेको दलको बैठकबाट आयोगको सिफारिसलाई सच्याउनका लागि संयुक्त बिज्ञाप्तीमार्फत आग्रह गर्ने तयारी गरिएको शान्ति समितिका संयोजक नरेश श्रेष्ठले बताए ।

‘पहिला सिफारिस गरेको खाकालाई यथावत राख्नुपर्नेमा हामी दलबीचमा छलफल भइरहेको छ,’ कांग्रेस सभापति रहेका श्रेष्ठले भने, ‘मंगलबार पुनः बस्ने बैठकले यस बिषयमा ठोस निर्णयमा पुग्ने छौँ ।’ बैठकमा सहभागी संघर्ष समितिका प्रतिनिधिलाई सडक बन्द खुकुलो पार्न आग्रह गरिएको श्रेष्ठले जनाए । 

खाका परिवर्तनमा भूमीका खेल्ने नेता भेट्दै संघर्ष समिति 
स्थानीय तह पुनः संरचनाका विषयमा असन्तुष्टी जनाउँदै काठमाडौंमा गठित संघर्ष समितिले पनि दवावमुलक अभियान थालेको छ । 

आयोगको त्रुटी सच्याउनका भन्दै आईतबार राकेश राईको संयोजकत्वमा बनाइएको संघर्ष समितिले सोमबार माओबादी केन्द्रका नेता गिरीराजमणी पोखरेललाई भेट गरेको छ । सांसद पिके राई, संघर्ष समितिका संयोजक राई लगायतको टोलीलाई नेता पोखरेलले गाउँपालिकाको खाका परिवर्तनमा आफ्नो कुनै भूमीका नभएको जवाफ दिएका छन् । संघर्ष समितिले काठमाडौंमा बसेर खाका परिवर्तनमा भूमीका खेलेका भनिएका नेताहरुलाई क्रमशः भेट गर्ने जनाएको छ । 

खाकाको विषयमा जिल्लामा असन्तुष्टी चुलिएपछि स्थानीय तह पुनःसंरचना प्राबिधिक सहयोग समितिका संयोजक एबं स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डे सोधपुछका लागि काठमाण्डौं बोलाइएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post