sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » सवारी साधनको नयाँ भाडा दर लागू, कहाँको लागि कति भाडा ?

खोटाङ, १८ पुस । खोटाङमा सञ्चालित यात्रुबाहक सवारी साधनको नयाँ भाडा दर लागू गरिएको छ । हिउँद याम लागेको तथा खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामस्थित दुधकोसीमा अस्थायी बेलिब्रिज राखिएपछि जिल्लामा सञ्चालित लामो तथा छोटो दुरीका यात्रुबाहक सवारी साधनको भाडा दर घटाइएको हो । जिल्लामा हिउँद र वर्षा याममा सवारी साधनको भाडा दर परिवर्तन गर्ने गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको राजनैतिक दलका नेता, यातायात व्यवसायी संघ लगायतको बैठकले दिक्तेल–काठमाण्डौंकालागि १ हजार ३ सय, दिक्तेल–कटारीका लागि ८००, दिक्तेल–गाईघाटका लागि ८००, दिक्तेल–चखेवाभञ्ज्याङका लागि ४५०, दिक्तेल–ऐसेलुखर्कका लागि १ हजार, दिक्तेल–मात्तिमकालागि २२५, दिक्तेल–पाथेकाका लागि २५०, दिक्तेल–खानीडाँडाका लागि २०० भाडा दर तोकेको छ । यस्तै, ऐसेलुखर्क–काठमाण्डौंका लागि २२००, जालपा–काठमाण्डौंका लागि १६००, रसुवा–पञ्चमीबजारका लागि ३०० र रसुवा–सिमापानीका लागि ३०० सय भाडा निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए । 

जीपका लागि भने दिक्तेल–काठमाण्डौंका लागि १६००, दिक्तेल–कटारीका लागि १ हजार, दिक्तेल–गाईघाटका लागि १ हजार, दिक्तेल–चखेवाकालागि ६००, दिक्तेल–मात्तिमका लागि ३०० र दिक्तेल–पाथेकाका लागि ३०० भाडा तोकिएको छ । 

यात्रुको हितलाई ध्यानमा राखेर पूरानो भाडादर केही कम गरेर नयाँ भाडादर कार्यन्वयनमा ल्याइएको खोटाङ बस व्यवसायी संघका अध्यक्ष गणेशबिक्रम शाहीले बताए । वर्षा याम सुरु भएपछि र दुधकोसीको बेलिब्रिज निकालिएपछि पुःन भाडा दर बृद्धि हुने छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post