sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » महिला फुटबलमा दुर्छिम र रतन्छा फाईनल प्रवेश

खोटाङ, १५ माघ । खोटाङ सदरमुकाम दिक्तेलमा जारी महिला फुटबल प्रतियोगीतामा दुर्छिम र रतन्छा गाबिस फाईनलमा प्रबेश गरेका छन् । शनिबार भएको सेमीफाईनल खेलमा आयोजक खोटाङ फुटबल एकेडेमी ‘ए’लाई शुन्यका बिरुद्ध २ गोल गर्दै दुर्छिमले फाईनलको यात्रा तय गरेको हो । 

यस्तै, ट्राईब्रेकरमा हलेसी एफएमलाई २ का बिरुद्ध ३ गोल गर्दै रतन्छा गाबिस फाईनलमा पुगेको हो । निर्धारित समय २–२ गोल भएर बराबरीमा टुंगिएपछि रतन्छा र हलेसी एफएमको खेल ट्राईब्रेकरमा पुगेको खेल संयोजक श्याम पौडेलले बताए । फाईनल खेल आईतबार हुने आयोजकले जनाएको छ । यस्तै, तेश्रो स्थानकालागि हलेसी एफएम र आयोजक खोटाङ फुटबल एकेडेमी ‘ए’बीचमा प्रतिष्पर्धा हुने छ । प्रतियोगीता दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन भइरहेको छ । 

प्रतियोगीताका प्रथम टिमलाई २० हजार, दोश्रो हुने टिमलाई १० हजार र तेश्रो हुने टिमलाई ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने एकेडेमीले जनाएको छ । यस्तै, उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राईकर र अनुशासित टिमलाई पनि पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगीता शुक्रबार उदघाटन भएको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post