sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » खोटाङमा चार दिनदेखि सडक अवरुद्ध, हजारौँ यात्रु मारमा

खोटाङ, २६ पुस । स्थानीय तह पुनःसरंचना आयोगले प्रस्ताब नै नगरिएको गाउँपालिका बनाउन सिफारिस गरेको बिरोधमा खोटाङमा चार दिनदेखि गरिएको सडक बन्दका कारण हजारौँ यात्रु मारमा परेका छन् । 

खोटाङको गाउँपालिका र नगरपालिकाको सूचीमा प्रस्ताव नै नगरिएको गाउँपालिकाको नाम आएपछि सच्याउन माग गर्दै बिरोधमा उत्रिएका बुईपा, राजापानी, विजयखर्क, नुनथला लगायतका स्थानीयको सडक बन्दका कारण शहर जाने तथा शहरबाट गाउँ फर्कने यात्रु मारमा परेका हुन् ।

महुरेगढी गाउँपालिकालाई हटाएर लामीडाँडा गाउँपालिका बनाउन सिफारिस गरिएकोप्रति असन्तुष्टी जनाउँदै स्थानीयले मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयराम सडकको नुनथला खण्ड गत शनिबारदेखि अनिश्चितकालका लागि बन्द गरेका छन् ।

अनिश्चितकालिन सडक बन्दका कारण दिक्तेल–जयराम सडकको नुनथला खण्ड तथा सगरमाथा राजमार्ग अन्तरगत महुरे–फोक्सिङटार सडकमा यात्रु तथा मालबाहक सवारी साधन ओहोरदोहोर गर्न पाएका छैनन् । राजधानी लगायतका शहर आवत–जावत गर्ने एक मात्र सडक दिक्तेल–जयराम सडक बन्द भएपछि यात्रु पैदल यात्रा गर्न बाध्य छन् । बन्दकर्ताले जयराम–हलेसी हुँदै दिक्तेल भित्रिने सवारी साधनलाई बिजुलेभन्दा भित्र छिर्न दिएका छैनन् । भने, सदरमुकाम दिक्तेलबाट जाने सवारी साधनलाई पनि हुर्लुङभन्दा बाहिर अगाडि बढ्न दिएको छैन । दुबैतिरको सवारी साधन अघि बढ्न नपाएपछि यात्रु हिँडेरै बिजुले–हुर्लुङ सडक पार गर्न बाध्य छन् । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयराम सडक बन्दले उदयपुरको गाईघाट लगायतका पुर्वी शहर आवत–जावत गर्ने यात्रु पनि अलपत्र परेका छन् । 

सोमबार दिक्तेलबाट जयरामतर्फ जाँदै गरेको ना ४ ख ६२०० नम्बरको ट्रक तोडफोड भएपछि त्यस यता दिक्तेलबाट कुनै पनि सवारी साधन छुटेका छैनन् । दिक्तेलबाट हिँडेका कतिपय यात्रु बन्दका कारण बाटैबाट फर्किरहेका छन् । बन्दका कारण बिरामी, चाँडो गन्तव्यमा पुग्नुपर्ने तथा ग¥हौँ भारी सहितका यात्रु बढि मारमा परेका छन् । जिल्ला अस्पताल दिक्तेलबाट आकस्मिकरुपमा रेफर गगरिएका बिरामी हेलीकोप्टर चार्टर गर्न वा हवाईजहाज प्रयोग गर्न बाध्य बनेका छन् । 

बिरामी बोकेका सवारी साधनलाई भने बन्दमा अबरोध नगरिएको संघर्षरत बिद्यार्थी नेता ओमप्रकाश घिमिरेले बताए । भूकम्प पछिको पुःर्ननिर्माणका लागि लगत संकलनका लागि सोमबार जिल्ला भित्रिएका पुःर्ननिर्माण प्राधिकरणका ईन्जिनीयर समेत सडक बन्दका कारण बिजुलेमा अलपत्र परे ।

यद्यपी, ईन्जिनीयरको टोलीलाई भने मंगलबार प्रशासनको आग्रहमा गाडीमै प्रबेश दिइएको संघर्ष समितिका संयोजक उदयबहादुर कार्कीले बताए । श्रोतका अनुशार आयोगका सदस्य डा. श्याम भुर्तेलले काठ्माण्डौं बस्ने केही नेताको लहैलहैमा सिफारिस नै नभएको गाउँपालिका तयार पारेपछि बिरोध आएको हो । 

स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समिति तथा सर्बदलीय बैठकले खोटाङबाट हलेसी तुवाचुङ र रुपाकोट मझुवागढी नगरपालिका तथा महुरेगढी, ऐसेलुखर्क, केपिलासगढी, जन्तेढुंगा, खोटेहाङ, दिप्रुङ, साकेला र बराहपोखरी गाउँपालिका बनाउन प्रस्ताव गरेकामा आयोगले महुरेगढीको सट्टामा लामीडाँडा गाउँपालिका बनाएर सरकारलाई सिफारिस गरेको भन्दै स्थानीयले आन्दोलन सुरु गरेका हुन् । जिल्लाबाट प्रस्ताबित महुरेगढी गाउँपालिकालाई यथावत कायम नगरिएसम्म आन्दोलन जारी रहने संघर्ष समितिका सदस्य एबं युवा संघका जिल्ला अध्यक्ष दिनेश राईले बताए । 

आयोगले बेग्लै गाउँपालिकाको खाकाको प्रतिबेदन प्रधानमन्त्री समक्ष बुझाएको बिरोधमा आन्दोलनमा उत्रिएका स्थानीयले आईतबार दिक्तेलमा जुलुस निकाल्नुका साथै महुरेगढी नगरपालिकालाई यथावत कायम गर्न स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समिति समक्ष ध्यानाकर्षणपत्र बुझाएका थिए । 

बेकम्मा बनाइयो : दल  
लामो बिवाद र छलफलपछि टुंग्याएर पठाइएको स्थानीय तहको खाकालाई काठ्माण्डौंमा बस्ने केही नेताले पहुँचका भरमा परिवर्तन गराएको भन्दै खोटाङका नेता समेत आक्रोशित बनेका छन् । 
जिल्लाको सिफारिसलाई हत्याएर सरकारलाई बुझाइएको आयोगको प्रतिबेदनले आफुहरुलाई ‘बेकम्मा’ बनाइदिएको भन्दै जिल्लास्थित दलका नेता असन्तुष्ट बनेका हुन् । महुरेगढीको सट्टामा लामीडाँडा गाउँपालिका बनाइएको बिरोधमा आन्दोलनमा उत्रिएका स्थानीयकै पक्षमा दलले संयुक्त बिज्ञाप्ती जारी गर्न छलफल भइरहेको कांग्रेस सभापति नरेश श्रेष्ठले बताए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post