sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » हलेसी एफएमको आठौँ वार्षिकोत्सव भव्य रुपमा मनाउने तयारी

खोटाङ, १५ माघ । खोटाङको हलेसी सामुदायीक रेडियोले भव्यताकासाथ आठौँ वार्षिकोत्सव मनाउने तयारी गरेको छ । खोटाङमा सुचना तथा सञ्चारको प्रबद्र्धनमा स्थापना गरिएको एफएमले आईतबार आठौँ बार्षिकोत्सव मनाउने तयारी गरेको हो । 

बार्षिकोत्सवको सम्पूर्ण तयारी पूरा भएको एफएमका स्टेशन मेनेजर उत्तम चौंलागाईले बताए । बार्षिकोत्सव सांसद सरस्वती बजीमयको प्रमुख आतिथ्यतामा गर्न लागिएको एफएमले जनाएको छ । बार्षिकोत्सवमा सांगीतिक प्रस्तुतीकालागि चर्चित गायीक सत्यकला राई दिक्तेल आइसकेकी छन् । 

बार्षिकोत्सवका अवशरमा जिल्लाका क्रियासिल पत्रकारमध्ये एक जना पत्रकारलाई हलेसी सामुदायीक रेडियो उत्कृष्ट पत्रकार पुरस्कार, एफएमका उत्कृष्ट पत्रकारलाई हलेसी रेडियो श्रमजिबी पत्रकार पुरस्कार प्रदान गरिने स्टेशन मेनेजर चौंलागाईले बताए । 

यस्तै, नियमित रेडियो सुन्ने र निरन्तर प्रतिक्रीया दिने एकजना श्रोतालाई सम्मान गर्ने, १० हजारभन्दा बढि लगानी गरेका शेयर सदस्यलाई अभिनन्दन, सञ्चारमाध्यमलाई सकरात्मक तरिकाले सहयोग र हौसला प्रदान गर्ने ६ वटा सरकारी कार्यालयलाई सम्मान गर्ने तयारी गरिएको हलेसी सुचना तथा सञ्चार सहकारीका अध्यक्ष बिष्णु आभूषणले बताए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post