sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » हलेसी रेडियो पत्रकारिता पुरस्कारबाट पत्रकार दमन पुरस्कृत

खोटाङ, १६ माघ । खोटाङका पत्रकार दमन राई ‘हलेसी रेडियो पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका छन् । हलेसी सामुदायीक रेडियो सञ्चालन गर्दैआएको हलेसी सुचना तथा सञ्चार सहकारी संस्था खोटाङले पहिलोपल्ट स्थापना गरेको हलेसी रेडियो पत्रकारिता पुरस्कारबाट पत्रकार राईलाई पुरस्कृत गरिएको हो । 
नागरिककर्मी दमन राईलाई पुरस्कार प्रदान गर्दै सांसद सरस्वती बजीमय । तस्बिर सौजन्य: युवराज रोईला

नगद ५ हजार १११ रुपैयाँ राशीको पुरस्कार र प्रमाणपत्र प्रमुख अतिथिकारुपमा सांसद सरस्वती बजीमयले हस्तान्तरण गरिन् । पत्रकारिताको माध्यमबाट जिल्लाको बिकास, सामाजिक परिवर्तन र पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप पत्रकार राईलाई हलेसी एफएमको आठौँ बार्षिकोत्सवको अवशरमा आईतबार पुरस्कार प्रदान गरिएको हो । निष्पक्ष, व्यवसायीक र निर्भिक पत्रकारिताको माध्यमबाट जिल्लाको बिकास र सामाजिक रुपान्तरणमा योगदान पु¥याएकाले पत्रकार राईलाई ‘हलेसी रेडियो पत्रकारिता पुरस्कार’ प्रदान गरिएको एफएमका स्टेशन मेनेजर उत्तम चौंलागाईले बताए ।

 बिगत एक दशकदेखि पत्रकारितामा क्रियासिल राई नागरिक दैनिकका सम्बाददाता हुन् । जिल्लाका क्रियासिल पत्रकारमध्ये एक जनालाई प्रदान गरिने पुरस्कारलाई हरेक वर्ष निरन्तरता दिइने एफएमले जनाएको छ । 

वार्षिकोत्सवका अवशरमा एफएमले स्थापनाकालदेखि हालसम्म सहयोग पु¥याउने २२ जना सहयोगीलाई अभिनन्दन गरेको छ । शिवकुमार बस्नेत, सरस्वती बजीमय, सर्वधन राई, अर्जुन राई, नरेश श्रेष्ठ, हिरा गुरुङ, राजन शैंजू, प्रकाश श्रेष्ठ, महेन्द्र कट्वाल, खेम खड्का, ज्ञानेन्द्र जोशी, गोपाल शैंजू लगायतलाई अभिनन्दन गरिएको हो । यस्तै, एफएमलाई सकरात्मक तरिकाले सहयोग र हौसला प्रदान गर्दैआएका निश्चलराज पाण्डे, ज्ञानमणी नेपाल, राजु श्रेष्ठ, अनिल किराती, गायीका सत्यकला राई, मदन न्यौपाने, माधव घिमिरे लगायत सम्मानित भएका छन् । नियमित रेडियो सुन्ने र निरन्तर प्रतिक्रीया दिने भीमबहादुर शैंजूलाई हलेसी उत्कृष्ट श्रोता कदरपत्रले सम्मान गरिएको छ । 

२०६६ साल माघदेखि प्रशारण सुरु गरेको रेडियोको उत्कृष्ट कर्मचारीकारुपमा डिबी तामाङलाई सम्मान गरियो । कार्यक्रममा १० हजारभन्दा बढि शेयर लगानी गर्ने शेयर सदस्यलाई अभिनन्दन गरिएको हलेसी सुचना तथा सञ्चार सहकारीका अध्यक्ष बिष्णु आभूषणले बताए । कार्यक्रममा गायीका सत्यकला राई, पुर्बेली संगीत बिद्यालयका कलाकार लगायतले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post