sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » प्रशासनकै आँखा अगाडी यसरी गुण्स्तरहिन बन्दैछ दिक्तेल–हलेसी सडक

खोटाङ, १० माघ । कालोपत्रे थालिएको दिक्तेल–हलेसी सडक गुणस्तरहीन बन्ने भएको छ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा/ढुङ्गा कमिशनका लागि कमसल खाले प्रयोग भएपछि सडक गुणस्तरहीन बन्ने भएको हो । प्रशासन कार्यालयले समेत गुणस्तरहिन काम भईरहँदा आँखा चिम्लेर बसेको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडकमा बिच्छ्याइएको ग्रावेल (रोडा/ढुङ्गा ) अहिले नै फुटेर धुलो भएको स्थानीय भीम राईले बताउनुभयो । “सडकमा बिच्छ्याइएको ग्रावेल फुटेर माटो जस्तै भएको छ ।” उहाँले भन्नुभयो, “अहिले नै ध्यान नपु¥याउने हो भने, बनेको वर्ष दिनमै कालोपत्रे उप्किने निश्चित छ ।”
दुई वर्षअघिदेखि कालोपत्रे थालिएको दिक्तेल–हलेसी सडकमा अहिले ग्रावेलिङको काम भइरहेको छ । सडकमा नुनथलास्थित हुर्लुङ पाखाको कमसल (सेतो फोस्के) रोडा/ढुङ्गा प्रयोग गरेको पाइएको छ ।
सडक कालोपत्रे गुणस्तरहीन बन्दै गएकोप्रति अहिलेसम्म कसैले ध्यान नदिएको स्थानीय उदिम चाम्लिङले बताउनुभयो । “प्रशासन कै आँखा अगाडि गुणस्तरहीन काम भइरहेको छ ।” उहाँले भन्नुभयो, “कामको जिम्मा लिने ठेकेदारलाई तत्काल प्रशासनमा झिकाएर कारबाही गर्नुपर्छ ।”
सडक कालोपत्रेको जिम्मा लिएका ठेकेदार कम्पनीले नाफा कमाउने उद्देश्यले कमसल सामग्री प्रयोग गरेको स्थानीयको आरोप छ । जिल्लाको प्रमुख मार्ग दिक्तेल–हलेसी सडक कालोपत्रे गर्ने जिम्मा लामा नागार्जुन र लामा नागार्जुन त्रिसुलीले लिएको छ ।
कालोपत्रे गुणस्तरहीन भएको जनगुनासो आएपछि ठेकेदार राम पाख्रिनसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेको छैन । निर्माणस्थलमा खटिएका इन्जिनियरहरुले ठेकेदारले अह्राए अनुसार आफूहरुले काम गरेको बताएका छन् ।
जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर सुर्यदेवी कन्काई तथा बिजुलेदेखि दिक्तेलसम्मको २४ किलोमिटर कालोपत्रे गर्ने जिम्मा नागार्जुन र लामा नागार्जुन त्रिसुलीले लिएको छ । एसियाली विकास बैंक (एडिबि)को आर्थिक सहयोगमा तीन वर्षभित्र कालोपत्र सम्पन्न गर्नेगरी काम थालिएको हो ।
करिब दश वर्षअघिदेखि यातायात सू्चारु भएको सडक कालोपत्रे नहुँदा हिउँदमा मात्र यातायात सञ्चालन हुँदै आएको छ । सम्झौता गरेको लामो समयसम्म सुस्त गतिमा काम भइरहेको दिक्तेल–हलेसी सडक कालोपत्रे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ठाडो निर्देशनपछि गति लिएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post