sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » च्यानडाँडामा आगलागीबाट साँढे छ लाख बढीको क्षति

खोटाङ ३ माघ । बाँझेच्यानडाँडा–२ बस्ने महेश गुरुङको घरमा आगलागी हुँदा साँढे छ लाख बढीको क्षति भएको छ । 
सोलारको तारबाट आज दिउसो ३ बजेतिर अचानक आगलागी हुँदा गुरुङको नगद १५ हजार, १ तोला सुन, घर तथा घरभित्र भएको सम्पूर्ण सामान समेत जल्दा साँढे छ लाख बढीको क्षति भएको हो । 

घरमा कोही नभएको समयमा अचानक लागेको आगो स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरी चौकी चिउरीडाँडाले जनाएको छ । आगलागीबाट घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेपछि गुरुङ परिवार बिचल्लीमा परेका छन् । 

आगलागीबाट क्षतिको मुचुल्का तयार गर्नेक्रम जारी रहेको प्रहरीले जनाएको छ । आगलागी पीडित परिवार अहिले आफन्तकामा आश्रय लिएर बसिरहेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post