sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » पाठेघर फुटेकी गर्भवती आमा बचाइए, बच्चा बचेन

खोटाङ, २५ पुस । खोटाङमा सुत्केरी व्याथाका क्रममा पाठेघर फुटेका गर्भवती आमाको पेटबाट मृत बच्चा निकालिएको छ । चौबिस घण्टाभन्दा बढि समयसम्म सुत्केरी व्याथा लागेका दोर्पाचिउरीडाँडा–७ का ईन्द्रकुमारी भुजेलको पेटबाट शल्याक्रीया गरेर मृत अवस्थाको बच्चा निकालिएको हो । 

पाठेघर फुटेर सिकिस्त बनेको अवस्थामा जिल्ला अस्पताल दिक्तेलमा ल्याइएका भुजेलको एमडिजिपी डा. नारायण बराल, मेडिकल अधिकृतद्धय शैलेन्द्र श्रेष्ठ र अशोक गिरीको टोलीले शल्याक्रीया गरेर मृत बच्चा निकाल्नु भएको हो । भुजेलले १६ महिनाकै जन्मान्तरमा तेश्रो बच्चा जन्माउन लागेको खुलेको छ । 

धामीझाँक्रीको भरमा बस्दा ढिलागरी अस्पतालमा ल्याइएका भुजेलको शल्याक्रीया गर्न चार घण्टा समय लागेको उपचारमा संलग्न डा. बरालले बताउनुभयो । डा. बरालका अनुशार व्याथाकैक्रममा सुत्केरी महिलाको पाठेघर फाटिसकेको पाइएको थियो । सुत्केरीको जीवन बचाउकालागि लिच्कीराम्चेका रमेश राई र नेपाली सेनाका एक जवानबाट आवश्यक रगत जुटाइएको थियो ।

मृत्युको मुखबाट बचाइएकी महिलालाई थप उपचारकालागि सोमबार हेलीकोप्टर चार्टर गरेर प्रसुतीगृह थापाथली पठाइएको छ । भुजेल दम्पत्तीका दुई छोरा छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post