sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » २० दिनदेखि अनिश्चितकालिन सडक बन्द जारी, खुलाउने प्रयास भएन

खोटाङ, १३ माघ । स्थानीय तह पुःर्नसंरचनाको बिषयमा असन्तुष्टी जनाउँदै खोटाङमा तीन हप्ताअघि सुरु गरिएको अनिश्चितकालिन सडक बन्द अझै खुलेको छैन । जिल्लाबाट सिफारिस गरिएको महुरेगढी गाउँपालिकालाई हटाएर लामीडाँडा गाउँपालिका बनाइएको बिरोधमा पुस २३ गतेदेखि सुरु गरिएको अनिश्चितकालिन सडक बन्द अझै खुल्न नसकेको हो । तीन हप्ता पुग्दा समेत अनिश्चितकालिन सडक बन्द नखुल्दा हजारौं यात्रु मारमा परेका छन् । 

स्थानीय तह पुःर्नसंरचना आयोगले जिल्लाबाट सिफारिस नै नगरिएको गाउँपालिका बनाउन सरकार समक्ष प्रतिबेदन बुझाएको बिरोधमा बुईपा, राजापानी, बिजयखर्क, नुनथला लगायतका स्थानीयले अनिश्चितकालिन सडक बन्दको आव्हान गरेका हुन् । असन्तुष्टपक्षलाई वार्तामा बोलाएर समस्याको समाधान निकाल्ने पर्याप्त प्रयत्न कहीँकतैबाट नहुँदा सडक बन्द लम्बिएको यात्रुको गुनासो छ । 

२४ घण्टा सडक ठप्पा पारिरहेका आन्दोलनरत स्थानीयले माघ ३ गतेदेखि दैनिक बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र बन्द गरेर सडकबन्दलाई केही खुकुलो पारेपनि यात्रुको सकस भने घटेको छैन । सडक बन्दलाई घटाएर १७ घण्टा झारेपनि यात्रु भने बेलुका ५ बजेदेखि भोलीपल्ट बिहान १० बजेसम्म मात्र ओहोरदोहोर गर्न मौका छोप्न बाध्य छन् । दिनभर बन्द र रातका समयमा मात्र सडक खुल्दा यात्रु रात पारेर बन्द घोषित क्षेत्र पार गर्न बाध्य छन् । बन्दका कारण रातको १÷२ बजे सदरमुकाम दिक्तेल ओर्लने यात्रु होटल नपाएर हैरान छन् । दिक्तेलमा आफन्त नभएका र चिनजान नभएका यात्रु मध्यरातमा अलपत्र बन्ने गरेका छन् । यात्रुको माग र समस्यालाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मकालागि सडक बन्दको अवधि ७ घण्टा घटाइएको संघर्ष समितिका सदस्य एबं युवासंघका जिल्ला अध्यक्ष दिनेश राईले बताए । 

जिल्लामा मध्यपहाडी लोकमार्ग बन्द गरेर बिरोध भइरहँदा काठ्माण्डौंमा राकेश राईको संयोकत्वमा गठन गरिएको महुरेगढी गाउँपालिका खोटाङ–काठ्माण्डौं संघर्ष समितिले आयोगको निर्णयलाई सच्याउन माग गर्दै प्रधानमन्त्री, दलका प्रम पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, बरिष्ठ नेता माधव नेपाल, माओबादी केन्द्रका उपाध्याक्ष नारायणकाजी श्रेष्ठ, राप्रपाका अध्यक्ष कमल थापा, संघीय मामिला तथा स्थानीय बिकास मन्त्री हितराज पाण्डे लगायतका नेताहरुलाई भेटेर दवावमुलक कार्यक्रम गरिरहेका छन् । आयोगका सदस्य डा. श्याम भुर्तेलले काठ्माण्डौं बस्ने केही नेताको लहैलहैमा सिफारिस नै नभएको गाउँपालिका तयार पारेपछि बिरोध आएको महुरेगढी गाउँपालिका संघर्ष समितिका संयोजक उदयबहादुर कार्कीले बताए । 

जिल्लाबाट प्रस्ताबित महुरेगढी गाउँपालिकालाई यथावत कायम नगरिएसम्म आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ । महुरेगढी गाउँपालिकाको पक्षमा सुरु आन्दोलनमा जिल्लाका सात दलको समेत समर्थन छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post