sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » व्यवसायिक खेलकुदको विकासका लागि सरोकार मञ्च गठन

खोटाङ, ६ माघ । व्यवसायिक खेलको विकास गर्ने उद्देश्यसहित खोटाङमा खेलकुद सरोकार मञ्च गठन गरिएको छ । 
सितोरियो कराते, फुटबल, भलिबल, ब्याडमिन्टन लगायतका खेकुद संघ सम्बद्ध पदाधिकारीको भेलाले सञ्जयकुमार राईको अध्यक्षतामा खेलकुद सरोकार मञ्च गठन गरेको हो । १७ सदस्यीय खेलकुद सरोकार मञ्चको बरिष्ठ उपाध्यक्षमा देबराज पोखरेल, नूरकाजी शैंजू र भीम राई, सचिवमा मनबिक्रम राई, सहसचिवमा ओमप्रकाश घिमिरे र कोमलदेबी बानियाँ तथा कोषाध्यक्षमा रोश्मा राई चयन भएका छन् । जयप्रसाद राई, मनकुमारी रसाईली, हेमबिक्रम राई, सुर्य तामाङ, रेनुका राई, कबिता राई, चन्द्रकुमार श्रेष्ठ, लक्ष्मण दुमी र सुमन राई मञ्चका सदस्य चयन भएका छन् । 

जिल्ला खेलकुद बिकास समितिमा देखिएको बिकृति बिसंगतीका बिरुद्धमा रखबारी गर्दै खेल क्षेत्रको स्तरोन्नतीकालागि खेलकुद सरोकार मञ्च गठन गरिएको जनाइएको छ । खेलकुद बिकास समिति खेलाडीमैत्री बन्न नसकेको तथा आर्थिक पारदर्शीता कायम गर्न नसकेको सरोकार मञ्चको दाबी छ । खेलकुद बिकास समितिको गतिबिधि अध्ययन, अवलोकनका साथै पृष्ठपोषण दिने काम गर्ने सरोकार मञ्चले जनाएको छ । 

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीताको समिक्षात्मक कार्यक्रम गर्न र हालसम्मको आर्थिक कारोबारलाई पारदर्शीताकालागि खेलकुद बिकास समितिलाई अनुरोध गर्ने निर्णय गरिएको मञ्चका अध्यक्ष राईले बताए । 
मञ्चले दिक्तेलको माटिकोरेमा निर्माणाधिन कबर्डहल पूरा गर्न अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post