sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » मोटरसाईकल ट्रकमा ठोक्किदा एकको मृत्यु, एक गम्भीर घाइते

खोटाङ, १४ फागुन । मोटरसाईकल ट्रकमा ठोक्किदा खोटाङमा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । एकै दिशाबाट जयराघाटतर्फ जाँदै गरेको ट्रक र मोटरसाईकल एक आपसमा ठोक्किदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ का ३५ वर्षीय कमल राईको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा राईकी श्रीमती पवि राई गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नविनकिशोर प्रधानले बताउनुभयो । घाइते पविको ओखलढुङ्गाको हर्कपुरस्थित आस्था मेडिकल हलमा उपचार भइरहेको छ ।

सामान खसालेर फर्कदै गरेको बा २ ख ५२०८ नम्बरको ट्रकमा शनिबार दिउसो करिब साँढे दुई बजेतिर स ४ प ४८६१ नम्बरको मोटरसाईकल बाहुनीडाँडा–५ स्थित रातोडाँडामा ठोक्किएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

शिवरात्रीको अवसरमा हलेसी दर्शन गर्न आएर फर्किएका राई दम्पत्ती चढेको मोटरसाईकल अनियन्त्रित भइ ट्रकमा पुगेर ठोक्किएको जनाइएको छ । प्रत्यक्षदर्शीका अनुसार ट्रक र मोटरसाईकल दुवै तीव्रगतिमा गुडी रहेका थिए ।

अगाडि गुडीरहेको ट्रक एक्कासी रोकिँदा पछाडिबाट जाँर्दै गरेको मोटरसाईकल ठोक्किँदा दुर्घटना भएको हुन सक्ने प्रनाउ प्रधानको भनाइ छ । घटनाको थप जानकारी लिन च्यास्मिटारबाट प्रहरी टोली परिचालन गरिएको जनाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post