sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » कलेज जाँदै गरेकी छात्रालाई जबरजस्ती गर्न खोज्ने पक्राउ

खोटाङ, ८ फागुन । कलेज जाँदै गरेकी छात्रालाई जबरजस्ती करणी गर्न खोज्ने खोटाङका एक व्यक्ति पक्राउ परेका छन् । गत फागुन–४ गते बिहान त्रिभुवन उच्च मावि ऐसेलुखर्क जाँदै गरेकी १७ वर्षीया छात्रालाई जबरजस्ती करणी गर्न खोज्ने बाकाचोल–७ का ३० वर्षीय मीनबहादुर पुरी पक्राउ परेका हुन् ।

एक्लै कलेज जाँदै गरेको मौकामा ऐसेलुखर्कस्थित झुलेडाँडाको जङ्गलमा पुरीले जबरजस्ती करणी गर्न खोजेको पीडित छात्राले बताएकी छन् । कक्षा १२ मा अध्ययनरत छात्रालाई जबरजस्ती करणी गर्न पुरीले लछारपछार गरिरहेको अवस्थामा स्थानीयले उद्दार गरेका जनाइएको छ ।  

स्थानीयको उद्दारपछि घर फर्किएकी छात्राले इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा दिएको उजुरीको आधारमा पुरीलाई सोही दिन पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पुरीलाई शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याइ पु¥याइएको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मनोज यादवले बाउनुभयो । 

छात्रामाथि जबरजस्ती करणी गर्न खोजिएको घटनालाई स्थानीयले मिलापत्र गराउन खोजेको खुलासा भएको छ । आरोपित पुरी पक्राउ पर्नासाथ उनका आफन्तले मिलापत्र गराउन प्रहरीलाई दबाब दिइरहेको बुझिएको छ । 
पीडित पक्षले किटानी जाहेरी नदिएकाले मुद्दा दर्ता नभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरीक्षक नविनकिशोर प्रधानले बाउनुभयो । बाकाचोल माउली बसेर ऐसेलुखर्कमा अध्ययनरत पीडित छात्रा स्वास्थ्य परीक्षणका लागि शनिबार जिल्ला अस्पताल खोटाङ आएकी छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post