sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » भोजपुरकी युवती हत्या आरोपमा खोटाङका पुरुष पक्राउ

खोटाङ, २५ माघ । भोजपुरकी एक अबिबाहित युवतीको हत्या आरोपमा खोटाङका बिबाहित पुरुष पक्राउ परेका छन् ।

 भोजपुर नगरपालिका–७ कोदारकी ३० वर्षकी सुमिना महतको बिभत्स हत्या आरोपमा चिसापानी–४ का ४० वर्षीय रोहिन कार्कीलाई पक्राउ गरेको हो । गत बुधबार घरबाट हिँडेकी सुमिना डम्बर्खुशिवालय–१ स्थित काभ्रेखोलाको दोभानमा शनिबार दिउँसो मृत अवस्थामा मृत फेला परेकी थिईन् । खोलाको गहिरो खोँचमा घोप्टो परेर लडिरहेको अवस्थामा फेला परेको युवतीको शव सोधखोजकाक्रममा सुमिनाको भएको पूष्टी भएको पाँच घण्टा नबित्दै कार्कीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

कार्कीलाई घटनामा प्रयोग भएको खुकुरी र मृतकको गरगहना तथा रगत लागेको कपडा सहित पक्राउ गरिएको डिएसपी नबिनकिशोर प्रधानले बताउनुभयो । घटनास्थल वरिपरिका स्थानीयसँगको सोधपुछकाक्रममा प्राप्त हुलियाका आधारमा उनलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुर्ता, निलो सुरुवाल, रातो स्वीटर, नाकमा फुली, हातमा बाला लगाएको, घाँटी धारिलो हतियारले काटिएको अवस्थामा भेटिएकी सुमिनाको सोमबार बिहान मात्र पहिचान भएको थियो । परिवारका अनुसार घरबाट हिँडेकी सुमिनाले ‘ईटहरी जाँदैगरेको’ जानकारी गराएकी थिईन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post