sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » संस्मरण: मन्दिरहरुको सहर ‘अन्कर वाट’ सियाम रिप, कम्बोडिया

भीम राई
बैंग्कक र पुकेटको दुई हप्ताको रमाइलो यात्रा पश्चात कम्बोडिया जाने निधो गर्यौ | होटल बाट भोलि बिहानै हुआ लामफुंग रेल स्टेसन बैंग्ककतर्फ लाग्यौ | जहा बाट सियामरिप, कम्बोडियाको बस समात्नु थियो | बसको टिकट अघिल्लो दिन नै लिएको थियौ |हामीलाईदिइएको समयमा स्टेसन पुगे पनि ठिक समयमा बस आएन | ट्राभल एजेन्टले सबै यात्रुहरुलाई एकठाउ भेला गर्नु पर्ने रहेछन् | जसले गर्दा केहि समय लाग्यो | बास्तबमा सबै यात्रु भेला भए पछी मात्र बस लाई बस पार्क बाट त्यहा बोलाउने चलन रहेछ | यात्रुहरु जम्मा गर्ने क्रममा एजेन्टले रेल स्टेसनको वरी परि निक्कै घुमाए | लगभग एक घण्टा पछी मात्र बस आइपुग्यो | अनि बस बाट बाटो ततायौ |

मैले बैंग्ककबाट कम्बोडिया बस बाट जाने र फर्केर आउँदा रेल बाट आउने योजना बनाएको थिए | त्यसो गर्यो भने रेल र बस दुवैको अनुभब सगाल्न सकिने थियो |बसका यात्रुहरु प्राय: सबै यूरोपियन मुलुकका थिए | अनि एक दुई जना अस्ट्रेलियनहरु रहेछन | किनभने उनीहरुले बोलेको भाषाले उनीहरु कुन कुन देशका हुन् भनेर सजिलै ठम्याउन सकिन्थे | बसले बैंग्ककछाडे पछी विश्रामको लागि थाईल्याण्डको सिमाना भन्दा अगाडी बाटोमा एक पटक मात्र रोके | हल्का खाना खान र शौचालय प्रयोग गर्नको लागी | त्यस पछिएक्कै चोटी थाईल्यान्डको सिमाना ‘आरान्य प्रथेट’ मा मात्र रोके |

चालकले बस रोके पछी सबै यात्रुहरु बस बाट झर्नु पर्ने भयो | र हातमा पासपोर्ट च्यापेर हिडदै थाईल्याण्डको अध्यागमन पास गर्नु पर्ने नियम रहेछन् | मध्यान्हको अचाक्ली गर्मीमा ताराले केहि समय हिडदा पनि गनगन गरि रहिन | तर सबै यात्रुहरुले त्यसरी नै बाध्य भएर हिड्नु पर्ने थियो | र म संग अन्य उपायहरु केहि पनि थिएनन् | अनि अध्यागमन पार गरे पछी बसलाई सिमाना पारी पट्टि ‘पोइपेट’ कम्बोडियामा भेट्नु पर्ने थियो |

थाईल्याण्डको अध्यागमन पार गरेर र कम्बोडियाको अध्यागमन पुग्नु अगाडी बिचको भागमा लगभग ५०० मिटर जति लामो अनि चौडाई ६० मिटर जति फराकिलो बाटो रहेछ | अथवा दुई रास्ट्र बिचमाअलिकति ‘न्युट्रल जोन’ जस्तै जमिनको भाग रहेछन् | जहा बाटोको दाया बाया थुप्रै होटल लगायत जुवा घर (क्यासिनो) हरु रहेछन् | बास्तबमा यो न्युट्रल जोन नै नभए पनी थाईल्याण्ड बाट जाने जुवाडेहरुले कम्बोडियाको भिसा नलिई तर थाईल्याण्डको भुमि पार गरेर जुवा खेल्न मिल्ने सुरक्षित स्थान रहेछ | कम्बोडियाको सबै छिमेकी राष्ट्रहरु थाईल्याण्ड, भियतनाम, लावोस र म्यानमारमा क्यासिनो अबैधानिक रहेका छन् | त्यहि भएर कम्बोडियाले यसैको फाइदा उठाउदै क्यासिनो चलाएर निक्कै राम्रो फाइदा लिई रहेका छन् |

त्यहा पुगे पछी मलाई पनी अलिकति भ्रमणको खर्च बटुल्न ब्ल्याक ज्याक या रुलेट खेल्न रहर जाग्यो | आमा र छोरीलाई हाम्रो बस खोज्न जानुर उतै बस्दै गर्नु भने | नेपालको होटलहरुमा भए क्यासिनोमा पस्न अबैध्य ठहरिन्थ्यो | त्यहि भएर कोहि बेला हेर्नको लागि मात्रै भनेर कुनै होटलमा समझदारीका साथ पस्न अनुमति मिल्दथे | अझै कुनै कुनैले त दिदैनथे र कुनै चेक गर्ने त कडा पनि हुन्थे | अलिक कडाले चाहि हजुरलाई हेर्नको लागि पस्न दिएको खेल्न पो थाल्नु भयो ? यसै भन्थे | तरअब यहा कसले चेक गर्ने ? त्यही भएर ढुक्क हुदै बिस्तारै पोइपेटको ‘ग्रान्ड डाइमोण्ड’ क्यासिनो भित्र छिरे |तर यहा पस्ने बितिक्कै मेरो मनमा दया जागेर आयो | अहो ! बिचरा ब्यस्त छैन रहेछ | पहिलो नजरमा नै डिलर खमेर बहिनिहरु हाई काढेर बसेका देखे | यहा क्यासिनोको बाताबरण केहि पनि देखिएन | सायद मध्यान्हको समय भएर होला ? जस्तो लाग्यो |

बास्तबमा सानो छँदा तिहारको समयमा गाउमा कौडा हानेको हेर्न बुईपा फुलेली र अर्खौले सम्म पुगेको याद छ | त्यसबेला अलि अलि च्याँखे थाप्ने अवसर मिल्दथे | कालो कार्तिक लाई उत्सबमय मनाउनको लागि मात्र | पल्टन घरमा छँदा हल्का त्रिपाशा सम्म लडाइयो | त्यस पछाडी अलि अलि याक एन्ड यति, सोल्टी अनि पुरानो एभरेस्टको क्यासिनोहरुमा अबैध्य तरिकाले छिरियो र हेरियो | अनि पानीजहाजका यात्रामा तास फिटने फिलिपिनो महिला (क्रुपिएर अथवा डिलर) हरुले अलि अलि खेल्न सिकाए| ब्याबसायिक जुवाडे नभएपनि समय समयमा क्रुजिंगको यात्रामा थुप्रै क्यासिनोहरु देखियो र अलि अलि खेलेको अनुभब रह्यो | अनि सुपर क्यासिनोको खोजि गर्दै लन्डन, न्युयोर्क र पेरिसदेखि मन्टी कार्लो, मोनाकोको क्यासिनो सम्म पुगियो |

सायद कतै भाग्यले साथ दिएर चाडो पैसा कमाउने अवसर जुरी हाल्छकि भनेर क्यासिनो खोज्ने क्रम जारि रह्यो | र अन्तमा ‘भेनेसन मकाउ’ को क्यासिनो सम्म पुगेर अलिकति भाग्यलाई दाउमा राखियो | भाग्यले साथ दिएको भए मकाउ बाट हेली लिएर ‘पेनिनसुला’ हंगकंगको रुफ टपमा ‘फ्लाईङ्ग एन्ड डाइन’ हुन्थे | तर दिएनन्, त्यहि भएर जिन्दगीलाई कछुवा गतिमा घिसार्दै छु | अनि कामीको आरानमा फलामलाई झैजिन्दगि अझै खार्दैछु | प्रतिक्षा गरौ कति खार्नु पर्ने हो ? भेनेसन मकाउलगभग ५ लाख ५० हजार वर्ग फूटमा निर्माण गरिएको ब्रम्हाण्डको सबै भन्दा ठुलो क्यासिनो घर हो | जहाँ भित्र रहेका सान लुका क्यानलले भेनिसको तिर्सना राम्ररी मेट्न सकिन्छ | जहा हज्जारौ मानिसहरुले एक्कै समयमा जुवा खेली रहेका देख्न पनि सकिने छन् |

योजाबो ग्रान्ड डाईमोण्डले मेरो मन पट्टक छोएन | यहा पस्ने बितीक्कै अलिकति रमिता हेरेर सरासर बाहिर निस्की हाले | यसो सोचे क्यासिनो मेगाजिनले अलिक बढाइ चढाई गरेर लेखेका रहेछन | त्यहि भएर आजभोली कसैले लेखेको प्रति मेरो बिश्वास छैन केवल देखेको प्रति मात्रै बिश्वास गर्दछु | जे भए पनीयहाको शौचालयको प्रयोग गर्ने अवसर भने मिल्यो | अनीजुवा नखेली सरासर कम्बोडियाको अध्यागमन तर्फ लागे |

अध्यागमन बाट निस्केर हाम्रो बसलाई समात्न गए | अनि लामो समय सम्म गृह युद्ध भोगेको कम्बोडियाको यात्रामा लागियो | बास्तबमा कम्बोडियाले भर्खरै मात्र उन्नतिको बाटो तर्फ लम्कन्दै गरेको मटर वे बाट स्पस्ट देख्न सकिन्थे | बस बाट भर्खरै काटेका धान खेतहरु हेर्दा तराईमधेश तिरको यात्रा जस्तो अनुभुति हुन्थे | बस चालकले दुई घन्टाको यात्रा पश्चात कम्फर्ट ब्रेकको लागी खुला खेतको बीचमा गाडी रोके | खेतको छेउछाउ एउटा रुखका बुट्टाहरु पनि थिएनन् | बस चालकको ‘इनिसिटिभ’ नचलेको देखेर मनमनै रिस उठ्यो | कि त्यस्तै गरेर रमित हेर्न खोजेको हुन् ? थाहा भएन | भर्खरै धान काटेको खुला खेतमा शौचलायकोप्रयोग गर्नु पर्दा बानी नपरेका पश्चिमी मुलका सहयात्री बहिनिहरुलाई एकदम गाह्रो भएको महसुस गरे | तर उनीहरु पनि के कम जब्बर रहेछन् | तौलिया प्रयोग गरेर घुम्ती शौचालय बनाए | संसार परिक्रमा गर्न हिडेकाहरु त्यति कमजोरी के हुन्थे ?

बेलुकी ५ बजे तिर ‘सियाम रिप’ को बस स्टेसनमा पुग्यौ | यहा आउनु अगाडी नै होटल बुक गरेको थियौ | बस रोकिने बित्तिक्कै टुक टुक चालकहरुले बसको वरी परि माहुरीले ‘रानी’ महुरिलाई घेरेको जस्तो घेर्ने रहेछन् | बस बाट झरे पछी टुक टुक छान्न थाल्यौ | तर सबै एक्कै प्रकारका देखिन्थे, के छान्नु ? जोर कि बिजोर गरेर एउटा चालकलाई छाने | अनि हामी बस्ने होटलको नाम भन्यौ | उनले के खोज्छस कानो ? ‘आँखो’ ! भने झैँ सितैमा पुर्याई दिन्छु भने |

हामी खुसि हुदै उनको टुक टुक चढेर होटल तर्फ लाग्यौ | तर मलाई मनमनैशंका लाग्यो ? सितैमा यो कसरि सम्भब भयो होला ? सायद पोल पोटको युद्धले पर्यटकहरुलाई पहिलो रात छुटको ब्याबस्था गरेको होला ? भन्ने ठाने | बाटोमा जाँदै गर्दा चालकले उनको नाम ‘माओ’ भएको बताए | ‘अगुल्ठोले हानेको कुकुर, बिजुली चम्कँदा तर्से झैँ’झसंग भए | नेपालको माओबादीलेबिच्केको मेरो मन | भित्र भित्रै सुनामी जस्तै त्राशको तरंग पैदा भयो | ‘तावाको माछा भुब्रोमा’ भने झैँ नेपालको द्वन्द कालमा पटक पटक भागेर बचेथे | अब काल खाँदो कम्बोडियाको माओबादीले खतम बनाउने भयो भनेर ठुलो पिरमा परे |

अझउनको मोबाइल नम्बर पनि टिप्न लगाए | उनले अब बेलुकिको घुम्न जाने योजना के छ ? अनि बिहान सियाम रिप कुन कुन ठाउँ जाने ? र ‘अन्कोर वाट’ कति बजे जाने ? यी सबै ठाउँ म पुरयाई दिन्छु, उनले भने | त्यतिमात्रै नभएर सियाम रिप बाट पोइपेट सिमाना सम्म फर्कने ट्याक्सीको बन्दोबस्त पनि उनले मिलाई दिन्छु, भने | म लाटो मानिस बल्ल बुझे | आजको सित्तैमा यात्रा तर भोलि बाट ढाड मस्काउने रहेछ भनेर | यो त उनको इन्भेस्टमेन्ट मात्रै पो रहेछ | जे होस् मैले सोचेको जस्तै यहाको माओ द्वन्द कालको माओबादी जस्तै जनताको रगत र पशिनामा होलि खेल्ने होइन रहेछन् | उनि प्रति बल्ल बिश्वास लाग्यो | अनि होटलमा पुगे पछी उनलाई नै भोलि बिहान १० बजे आउन अनुरोध गरे |

होटलमा चेक इन भईयो | रिसेप्सनकी खमेर युवतीलाई टुक टुक चालकले सित्तैमा होटल ल्याई दिएको कुरो गरे | “सबै चालकहरुले यात्रु पाउनको लागि यसै गर्छन्” रिसेप्सनिस्टले बताईन | तर तिनै चालक प्रयोग गर्नुपर्छ भन्ने जरुरि छैन रहेछ | जे होस् मैले उनलाई भोलिको लागि बोलाई सकेको थिए |

‘सियाम रिप’ नदीको दाया बाया सियाम रिप शहर अबस्थित छ | यहा रहेको अन्कोर वाटले गर्दा सियाम रिप कम्बोडियाको सबै भन्दा मुख्य पर्यटकीय केन्द्र बनेका छन् | ‘यस सहरको नाम कम्बोडियाको राजा आंग चानले सन् १५१६ मा सियाम रिप राखेका थिए’ माओले बताए |

होटल बाट बेलुकी बाहिर निस्कियौ | सियाम रिपको रात्रि कालिन जिन्दगि हेर्न ‘पब स्ट्रीट’ तिर लाग्यौ | रात ढल्कँदै जाँदा पब स्ट्रीट एकदम झिली मिलि देखिन्थे | बाटोको किनारमा कम्बोडीयान खानाहरुसजायका देखिन्थे | हामीले पनि अलि अलि स्वाद लिंदै हिड्दै गर्यौ | किनभने सबै पर्यटक हरुले त्यसै गर्दै थिए |स्ट्रीटमारहेका भट्टी पशल एबम रेस्टुरेन्टहरु बिहान ४ बजे सम्म खुल्ने रहेछन | नजिकै खमेर रेस्टुरेन्टमा पसेर प्रथम कम्बोडियान खाना खायौ |र त्यस पछी होटल तर्फ लाग्यौ |

बिहान उठेर ब्रेकफास्टकोठामा झरे | यो त्यति व्यस्त थिएन | अनि ब्रेकफास्ट लेडीज खमेर युवतीहरु थिए | उनीहरुले मलाई पौडी पोखरीको छेउमा बस्न अनुरोध गरे | मैले त्यसै गरे | तर बहिनिहरु थोरै मात्र अंग्रेजी बोल्ने रहेछन | हामीले अलिकति अंग्रेजी र बाकी इशाराको भाषाले बोल्यौ | धेरै पटक खमेर रुज गोरिल्लाहरुको बिषयमा समाचार सुनेको थिए | बल्ल आज सियाम रिपमा पुगेर आफ्नै आँखाले खमेरहरु देख्न पाइयो | ‘पोल पोट’ अनि गृह युद्धको बारेमा केहि बुझ्न प्रयत्न गरे | तर भर्खरै गाउ बाट नोकरि खोज्न सहर पसेकी ठिटीहरु संग भाषाको समस्यले गर्दा त्यति बोलचाल हुन सकेन | लाग्थ्यो, यिनीहरुको ओठमा निचोर्दा दुध आउला जस्ता छन् | के जान्दथे, बरु भरै चालक माओ संग धित मरिन्जेल सोधौला भनेर बसे |

माओ ठेक्कै दश बजे टुक टुक लिएर होटल अगाडी हाजिर भए | मोरो एकदम सोझो एबम इमान्दार रहेछ | उनले हाम्रो स्वागतको लागि कुनैकसरत बाकी राखेनन् | धन्न मादक पदार्थ सेवन गरेर डान्स रेस्टुरेन्ट बाट निस्कदा अलिकति टिप्सको अपेक्षा गरेर ‘जय नेपाल’ भनेर पाइने सस्तो सलाम मात्रै गरेन | हाम्रो आँखा अगाडी टुक टुकमा बस्नु भन्दा पहिले सिटहरु पुछेर धुलो झारी दिए | यसो सोचे सायद अब यसले खैनी पनि मोलेर दिन्छन कि के हो ? जस्तो लाग्यो | तर त्यसो चाही गरेन | बरु हिजो ब्यार्थैमा माओको नाम सुनेर मात्रै डरले थरर भएछु | उनको अंग्रेजी र चाप्लुसी दुवै राम्रो रहेछ | सायद पल्टन घरमा भएको भए उनको चाप्लुसीले गोर्खा मेजर त कतै नजा हुन्थे | तर यता टुक टुक मेजरमा नै उनलाई सन्तोष होला ?

अब आजको योजना अनुसार ‘अन्कोर वाट’ ‘बयोन टेम्पल’ ‘बेकोंग टेम्पल’ र ‘टा प्रोहम टेम्पल’ घुम्नको लागी निस्कियौ |हामी सबै भन्दा पहिले अन्कोर वाट गयौ | “अन्कोर वाट भन्नाले मन्दिरहरुको शहर रे” उनले भने | १६२ हेक्टर जमिन ओगटेको यो ब्रम्हाण्डको सबै भन्दा ठुलो धार्मिक स्थल रहेछ, उनले थप्दै लगे | खमेर राजा सुर्यभरमन दोश्रोले १११६ देखि ११५० भित्रमा यसको निर्माण गरेका थिए | यो पहिले भगवान बिष्णुको नाममा हिन्दु मन्दिर बनाइयो | र पछी बिस्तारै बुद्धिस्ट मन्दिरमा परिणत गर्दै लगियो | यहा पुगेर मन्दिर भित्र छिर्दै गर्दा बिहानिको सुर्यको किरण मन्दिरको छानो बाट उदाउदै गरेको जस्तो देखिन्थे | बिश्वमा एउटा अभुतपुर्व इतिहास बोकेको यो मन्दिर युनेस्कोले बिश्व सम्पदा सुचिमा राखेको छ | यसको छेउ कुना परिक्रमा गर्न लगभग ४ घण्टा जति समय लाग्यो |

अब माओ खोज्दै मन्दिर बाहिर आयौ | उनि अती बाठो रहेछन् | गर्मि बाट जोगिन टुक टुक भित्र जाली नेटको बिस्तारामा सपना देख्दै सुति रहेछन | ‘माओ’ मैले बोलाए | उनि हतार हतार ब्युझिए अनि हामीलाई लन्चको लागि नजिकै एउटा रेस्टुरेन्टमा लगे | उनलाई हामी संग लन्च लिनको लागि अनुरोध गरे, तर उनि मानेनन् |

लन्चमा डब्लिन, आयरल्यान्डका ‘मर्फी’ आइरिस जोडी भेटियो | हामी पनि छुट्टी मनाउन डब्लिन केहि बर्ष अगाडी गएको थियौ | त्यहाको महँगो भट्टी पशल ‘टेम्पल बार’ देखि गीनिस बियर र जेमसन व्हिस्की फेक्ट्रीको कुरो भए | हामीले त्यी ठाउहरुको भ्रमण गरि सकेका थियौ | उनीहरु संगको समय रमाइलो भयो किनभने गफ गर्नका लागि उनीहरु माहिर हुन्छन |

लन्च पछी ‘बायोन टेम्पल’ तर्फ गयौ | यो १२औ शताब्दीमा राजा जयभरमन ७औ ले निर्माण गरेका थिए | यहा कुँदिएको ढुंगाहरुमा हासी रहेका मानिसको मुहार प्रस्ट देख्न सकिन्थे | हामीले केहि समय बितायौ | त्यस पछी माओले हामीलाई होटलमा झारी दियो | उन्को सबै हर्जना तिरे | बिचारा माओ खुसि भयो | उनलाई भोलि बिहान ९ बजे पोइपेट सिमाना सम्म जाने एउटा कार बन्दोबस्त गर्न लगाए |

बिहान कार चालक र माओ आई पुगेको कुरो रिसेप्सनिस्टले खबर गरिन | फेरी माओलाई देखे पछी मलाई माया लागेर आयो | हाम्रो यात्रामा बिचरा माओले धेरै सहयोग गरे | यसो गोजी छामे | धन्यबाद सहित अलिकति कम्बोडीयान रिल हातमा थमाई दिए | पैसा देखे पछी महादेवको तिन नेत्र भनेझैँ उनि मुस्सुकै हाँसे | सायद माओको रुन्चे अनुहार देखेर यस पटक ताराले केहि पनि भनिनन् | नत्र टिप्स दिने बितिक्कै उनले कति दिनु भयो ? भनेर सधै प्रश्न गर्थिन् | त्यसपछि माओ र सियाम रिपलाई बिदाई गर्दै पोइपेट तर्फ लाग्यौ |

कार चालक राम्रो अंग्रेजी बोल्दा रहेछन | र उनिप्रत्यक दिन सियाम रीप देखि पोइपेट रुट ड्राइभ गर्ने रहेछन | लगभग १५० किलोमिटरको दुरीलाईकार बाट झन्डै ३ घन्टाको समय लाग्ने रहेछ |यहाको बाटोमा केहि ट्राफिक नभएकोले यात्रा एकदम आरामदायी रह्यो | अह.. बाटोमा बि एम डब्लु, मर्सिडिज, भल्बो अनि आउडी कारहरु केही पनि देखिएनन् | मलाई बाटोमा देखिने कारहरुले रास्ट्रको आर्थिक उन्नतिको प्रतिनिधित्व गर्दछन जस्तो लाग्छ | अलिक गरिब नै रहेछन जसले गर्दा फाट फुट जापानिज कारहरु र टुक टुक मात्रै धेरै गुडेका देखिन्थे |

चालकले कम्बोडियाको गृह युद्ध र पोल पोटको बिषयमा मलाई धेरै जानकारी गराए | “यो युद्धमा लगभग २ देखि ३ लाख मानिसहरुले ज्यान गुमाउनु परेको थियो” उनले भने | उनको बिचारमा मान्छे मार्ने लाइसेन्स भएकोब्याबसाय चाही मार्क्सबाद हो रे | साच्चै हो जस्तो लाग्यो | किनभने त्यहा देखिएका मानबिय खप्परहरु हेर्दा विक्षिप्त मन लिएर स्वदेश फर्कंदै थिए | सायद होला सम्म भने | तर हाम्रो देशमा त माओबादले नै १७ हजार लगेको थियो, मैले उनलाई भने | यदि कम्बोडियाको जस्तै मार्क्सबाद उदाउन खोजेको भए त झन धेरै नेपालिहरु अकालमै स्वर्ग जाने रहेछन्, जस्तो लाग्यो | त्यस पछी पो मेरो शरीर जिरिंग भए | किनभने सायद म पनि त रहन्न थिए होलानी ? तर मार्क्स बादका पिता ‘कार्ल मार्क्स’ चाहि लण्डनको हाइगेट सिमेट्रीमा छातीमा ‘बिश्व भरिका मजदुर एक हौ’ भनेर कहिले नउठने गरि सुति रहेका छन् | म हाइगेटमा मार्क्सलाइ भेट्न जादा ठुलो आश्चर्यमा परे | किनभने दुई फरक ध्रुबका विचार लिएका कार्ल मार्क्स र डा. हर्बट स्पेन्सरको चिहान ठेक्कै आमने सामने राखिएको रहेछन |

जे होस् चालकले गृह युद्धको इतिहास सुनाउदै आउदा पोइपेट पुगेको चाल नै पाएनौ | उनले अध्यागमनको छेउमा कार रोके | चालक लाई बिदा गरेर हिड्दै पोइपेट अध्यगमन तर्फ लाग्यौ | कम्बोडियाको अध्यगमनका कर्मचारीहरुले धेरै समय लगाएनन् | तर थाईल्यान्डको अध्यागनमा चाही केहि ब्यस्त भएकोले कुर्नु पर्ने भयो | त्यहा बाट निस्के पछी एउटा टुक टुक समात्यौ | अनि ‘आरान्य प्रथेट’ रेल स्टेसन तर्फ लाग्यौ | यो थाईल्याण्डको कम्बोडिया सिमाना सम्म जाने सबै भन्दा अन्तिम रेल स्टेसन हो | यहा बाट दिनमा दुई पटक मात्र रेल बैंङ्गककको लागि छुटने गर्दछन्| बिहानको रेल अगाडि नै छुटी सकेकोले अब दिनको १ बजेको रेल समात्नु थियो | हामी संग प्रसस्त समय रहेकोले नजिकै लन्चको लागी गयौ |

लन्च पछाडी हामी पुन: स्टेसन फर्क्यो | यो रेल थाई सरकारको भएकोले थाई जनताहरुले सित्तैमा यात्रा गर्न पाउने रहेछन् | र पर्यटकहरुको लागी चाही टिकट चाहिने रहेछन | रेल हिड्नु ठिक ३० मिनेट अगाडी मात्र टिकट काउन्टर खोल्ने चलन रहेछन् |रेल पर्खने क्रममा कोर्नवाल बेलायतको एकल यात्री जेनी संग भेट भयो | उनि पुरै एक महिना कम्बोडिया अनि भियतनाम घुमेर फर्कदै गरेकी रहेछिन | उनको यो कुरो सुने पछी ताराले टाउको समातिन | “कुहेरिनी जब्बर रहेछिन” ताराले भनिन् | “म त के सक्थे ? त्यति लामो यात्रा गर्न” उनले भनिन् |

रेल ठिक समयमा आइपुग्यो | यो तेश्रो श्रेणीको रेल थियो | अनि यस भित्र पसे पछी बिल्कुल फरक अनुभब लाग्यो | किनभने यो अलिक थोत्रो रहेछ | र यस्तो गर्मीमा एअर कन्डिसन पनि थिएनन् | तर सबै झ्यालहरु खोल्न मिल्ने रहेछन् | जसले गर्दा केहि राहतको महसुस भयो | सायद यात्रा कुशल होला ? भन्ने आशा गरे | अनि रेल गुडन सुरु भयो |

रेलको झ्याल बाट थाईल्याण्डको ग्रामिण बस्तीहरुमाकति स्वच्छ बाताबरण देखिन्थे | गाउघर तिरको स-साना बुद्धको चैत्य अनि स्तुपाहरुको दृश्य रमाईला देखिन्थे | नाङ्गले ब्यापारीहरुले रेल भित्र समय समयमा फरक प्रकारको खानाहरु बेच्न ल्याउदथे | यात्रा क्रमस: अगाडी बढ्दै जादा अचानक झ्याल बाट रेल भित्र धुलै धुलो आए | सायद अगाडी कच्चीबाटो थियो क्यारे ? आँखा खोल्न सकिएन | सबै यात्रुहरु गलल हासे | कस्तो अचम्म ! त्यहि समयमा व्यापारीले अनुहार छोप्ने मास्क पनि बेच्न ल्याई हाले | यति धेरै धुलो रेल भित्र पस्योकि एउटा मास्कले धुलो छेक्न सकेनन् | मन मनै जर्मनीको बुलेट ट्रेन र थाई ट्रेनको तुलना गरे | अनि लगभग ५ घन्टाको रेल यात्रा पछी बैंङ्गककको हुआ लामफोंग स्टेसनमा आई पुग्यौ |

रेल बाट निस्केर सरासर ट्याक्सी बाट होटल तर्फ लाग्यौ | भोली बिहान ट्याक्सी बाट सुबर्णभुमि अन्तरास्ट्रिय विमानस्थल तर्फ गयौ | नेपाल एअर लाइन्स बाट काठमान्डू जाँदै थियौ | जहाजका यात्रुहरु प्राय: सबै नेपालीहरु थिए | नेपाल बाट शैक्षिक भ्रमणमा बैंङ्गकक आएकाकलेजको बिधार्थीहरु पनि देखिन्थे | मलाई कलेजको यो एकदम राम्रो पक्ष जस्तो लाग्यो | यी बिद्यार्थीहरुले अन्तरास्ट्रिय शैक्षिक भ्रमण गर्दा छोटो अबधिमा थाईल्यान्डले गरेको उन्नति आफ्नै आँखाले देख्न पाउने छन् | अनि भविष्यमा आफ्नो देश बनाउन धेरै मदत गर्ने छन्, जस्तो लाग्यो |

जहाज भित्र हाम्रो अगाडिको लहरको सिटमा शैक्षिक भ्रमणका गुरु (मास्टर) हरु थिए | त्यो पछाडी हामी बसेका थियौ | “तपाईहरुको सिट संकटकालीन ढोका नाजिक छ, आपतकालीन अवस्था आई पर्यो भने कृपया तपाइँहरुले मलाई सहयोग गर्नु पर्छ है ?” परिचारिका बहिनीले गुरुहरुलाई अनुरोध गरिन |

“किन गर्ने ?” गुरुहरुले अस्विकार गरे |

“नत्रभने तपाईहरुलाई अर्को स्थानमा म सारी दिन्छु” परिचारिकाले भनिन् |

“हामी सर्दैनौ” गुरुहरुले भने | सर्नु पर्छ भन्ने कहाँ लेखेको छ ? प्रश्न गरे |

अचानक बहिनीको सुकोमल अनुहारमा बर्खाको कालो बादल झैँ नराम्रो परिबर्तन देखे | यो सबै मेरो आँखा अगाडी देख्दामलाई नराम्रो महसुस भयो| म गुरुहरुलाई सभ्याताको पाठ सिकाउन मन लाग्यो | तर ताराले मलाई गुरुहरु संग बोल्न प्रतिबन्ध लगाईन | सायद झगडा हुन्छन भन्ठानेर होला ?मलाई गुरुहरुको बोलि र ब्याबहार बाट बितृष्णा जाग्यो | मेरो बिचारमा शिक्षक भनेको त ‘रोल मोडल’ पो हुनु पर्ने ? कस्तो बिडम्बना ! यस्तो घृणित बोलि भएको गुरुहरु हेर्दै असभ्य जंगली जनावारहरु जस्तो देखिन्थे | यस्ता गुरुहरु बाट पाठ सिकेका बिधार्थीहरुले के रास्ट्र सेवक बन्ला ? अचम्ममा परे |

जे होस् परिचारिका बहिनिलाई शान्त्वना दिदै “बहिनि छाडी दिनुहोस केहि हुन्न होला” ? मैले भने | यदि केहि भयो भने म तपाईलाइ पूर्ण सहयोग गर्नेछु | र संकटकालिन ढोकाबाट सबै मानिसहरु बाहिर पठाउन मदत गरेर अन्तिममा म निस्कौला ? त्यो मेरो उतरदायित्व सम्झनु होला, मैले भने | म अती नै दुखित छु | उनीहरुको बोलि अनि ब्यबहारको लागी मलाई माफि दिनु होला ? अझै थपे | बहिनि सबै नेपालि मुर्ख हुँदैनन्, सम्म भने |

उनलेखुसि हुँदै धन्यबाद प्रकट गरिन | “के गर्ने ? यो मेरो कर्तब्य सम्झेको छु, यहाको चलन यस्तै छ | जहिले नै यस्तै समस्य सामना गर्नु पर्ने हुन्छ | सहने बानी परि सकेकी छु”, बहिनिले भनिन |

बहिनी म बुझ्दछु, धेरै धेरै बुझ्दछु | जहाज काठमान्डौमा अबतरन नभईन्जेल म तिनै असभ्य जंगली मास्टरहरुको रुखो बचन सम्झी रहे |
(राई पुर्व ब्रिटिश गोर्खा सैनिक हुन् , भने बुईपा–३ खोटाङका समेत हुन् ।)

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post