sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » जनमतको विशेषांक विमोचन

खोटाङ, १४ फागुन । खोटाङमा जनमत साहित्यीक पत्रिकाको खोटाङ बिशेषांक बिमोचन गरिएको छ । खोटाङका साहित्यीक परिचय, इतिहास, समालोचना, समीक्षा, टिप्पणी तथा खोटाङ्कै श्रष्टाको सिर्जना समेटिएको जनमत शुक्रबार दिक्तेलमा बिमोचन गरिएको हो । 

खोटाङ गजल मञ्च र टेम्के तुवाचुङ प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा श्रष्टा मोहन दुवाल, कोपीला थुलुङ, बम बानियाँ र अनिल किरातीले संयुक्तरुपमा जनमतको खोटाङ बिशेषांक बिमोचन गरेका हुन् । जनमत प्रकाशन बनेपा काभ्रेले प्रकाशन गर्दै आएको माघ अंकमा खोटाङको साहित्य बिशेष सामग्री समेटिएको टेम्के तुवाचुङ प्रतिष्ठानकी सह–सचिव सबिता भुजेलले बताईन् । जनमतमा समालोचनामा खोटाङ्गे, खोटाङ्गे श्रष्टाका उपन्यास कृति: संक्षिप्त रेखांकन, खोटाङका कबि र कबिता, नेपाली कलामा खोटाङका कला र कलाकार, खोटाङ्गे गीतहरु: संक्षिप्त सवेक्षण, गजल लेखन र खोटाङमा गजल लगायतका आलेख तथा कथा, कबिता, गीत, गजल, मुक्तक समाबेस छन् । जनमतका बिषयमा साहित्यकार शरण खत्री मृदुल र मकरचन्द्र राईले समिक्षा गरे । 

बिमोचन कार्यक्रममा कबि बम बानियाँको दोश्रो कबिता संग्रह ‘मान्छे जोत्ने शहर’को बिषयमा प्राध्यापक एबं कबि बेदीकुमार राईले परिचर्चा गरेका थिए । होटल शुभदिनमा आयोजित कार्यक्रममा कबि बम बानियाँ, बेदीकुमार राई, अनिल किराती, शरण खत्री मृदुल, टिका श्रेष्ठ, मकरचन्द्र राई, चित्र सुबेदी, अटल क्रान्तीकारी, नबिना राना लगायतले आ–आफ्नो सिर्जना सुनाएका थिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post