sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » सिर्जनशिल भरिया समाज र प्रयास नेपालको प्रगती

खोटाङ, २१ माघ । खोटाङको सिर्जनशिल भरिया समाज राखाबाङ्देल र प्रयास नेपाल रिब्दुङ महेश्वरीले आर्थिक वर्ष २०७२÷०७३ मा सञ्चालन गरेका तथा आगामी वर्ष सञ्चालन गर्ने परियोजनाको विषयमा जानकारी गराएको छ । 
भरिया समाज र प्रयास नेपालले शुक्रबार सदरमुकाम दिक्तेलमा परियोजनाको बिषयमा जानकारी दिँदै सल्लाह सुझाव लिएको हो । जिल्लास्थित सरकारी तथा गैर–सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि सम्मिलित बैठकमा समाजले कृषिदेखि भौतिक संरचना निर्माणसम्मका प्रगती भएको जानकारी दिएको छ । जि–फाउण्डेशनको सहयोगमा सिर्जनशिल भरिया समाज राखाबाङ्देल र प्रयास नेपाल रिब्दुङ महेश्वरीले जिल्लाको उत्तरी क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दैआएको छ । 
कार्यक्रममा जि–फाउण्डेशनका डिपुटी कन्ट्री डाइरेक्टर आङछोक्पा शेर्पाले साझेदार संस्थाको सहकार्यमा खोटाङ र सोलुखुम्बुमा २९ बिद्यालय भवन निर्माण, ३० वटा खानेपानी परियोजना, ४ वटा सिँचाई योजना, एक वटा ट्रस ब्रिज सहित १० वटा पुल निर्माण गरेको जानकारी दिईन् । शेर्पाले १७ वटा सामुदायीक भवन निर्माण, २ हजार ७६८ शौचालय निर्माण, तरकारी तथा मसला खेतीबाट आर्थिक आम्दानी गर्न किसानलाई सहयोग गरेको बताईन् । 
कार्यक्रममा फाउण्डेसनका कृषि कार्यक्रम संयोजक रेवती राई, प्रयास नेपालका गुप्तीलक्ष्मी राई र समाजकी निरञ्जना राईले आ–आफ्नो क्षेत्रमा भएका प्रगती र भावी योजनाका बिषयमा जानकारी दिएका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post