sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » कर्मचारीको आन्दोलनले स्थानीय निकायको कामकाज प्रभावित

खोटाङ, ४ फागुन । स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण खोटाङमा जिल्ला विकास समिति, नगरपालिका र गाविसका कामकाज प्रभावित भएको छ । 

स्थानीय निकायका कर्मचारी माग सहितको व्यानर झुण्ड्याएर आन्दोलनमा उत्रिएपछि जिल्ला विकास समिति, दिक्तेल नगरपालिका र गाविसको काम प्रभावित भएको हो । स्थानीय निकायको कामकाज ठप्प हुँदा सेवाग्राही भने मारमा परेका छन् । जिविस र नगरपालिकामा व्यानर राखेर कर्मचारीले काम ठप्प बनाएका छन् । स्थानीय तहमा सांगठनिक संरचना र जनशक्ति व्यवस्थापन गर्नु पर्ने, ट्रेड युनियनको सहभागितामा सम्पूर्ण कार्यालय र सेवा केन्द्रमा निश्चित नीति, योजना र कार्यक्रम अगाडि बढाइनु पर्ने लगायतका माग गर्दै कर्मचारी माघ १८ गतेदेखि आन्दोलनमा छन् । 

२० वर्षदेखिका अस्थायी र करारमा रहेकालाई स्थायित्व र उचित व्यवस्थापन, कर्मचारी व्यवस्थापन गर्दा घरपायक हुनुपर्ने, प्रतिस्पर्धामा सफल स्थानीय निकायका कर्मचारीलाई प्रदेश सरकार अन्तर्गतको कर्मचारीमा जान पाउने गरी अवसर दिनुपर्ने आन्दोलनरत कर्मचारीको माग छ । सरकार समक्ष राखिएको माग सम्बोधन नभएपछि कर्मचारीले फागुन १ गतेदेखि काम ठप्प पारेर आन्दोलन थालेका हुन् । 

एक नगरपालिका र ७२ गाबिस रहेको खोटाङमा एमाले सम्बद्ध स्थानीय निकाय कर्मचारी संघको अगुवाईमा कांग्रेस, माओबादी केन्द्र सम्बद्ध कर्मचारीले आन्दोलन गरिरहेको नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष मोहनकुमार भट्टराईले बताए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post