sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » दिक्तेलका विभिन्न स्थानमा फोहोर संकलन गर्ने फलामे स्टेण्ड

खोटाङ १४ फागुन । नेपाल निजामती कर्मचारी युनियन संघ खोटाङले सदरमुकाम दिक्तेलका विभिन्न स्थानमा फोहोर संकलन गर्ने फलामे स्टेण्ड भएको बास्केट राखेको छ ।

जथाभाबी मिल्काइने फोहोरमैलाले सदरमुकामको सुन्दरता बिगारेको भन्दै संघले शुक्रबार जिल्ला बिकास समिति र जिल्ला अस्पताल परिषर तथा त्रिबेणीचोकमा फोहोर संकलन गर्ने टोकरी राखेको हो । फलामको स्टेण्ड भएको बाल्टिन टोकरी क्रमशः बजारका अन्य क्षेत्रमा समेत राखिने नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष तयन्द्र राईले बताए ।

कांग्रेस निकट संघले आफ्नो सातौं जिल्ला अधिबेसनको पुर्वसन्ध्यमा बजारमा फोहोर संकलन गर्ने टोकरी राखेको हो । सदरमुकामको सौन्दर्यका लागि सबैको ध्यानाकृष्ट गराउन फोहोर संकलन गर्ने टोकरी राखिएको संघले जनाएको छ । संघको अधिबेसन शनिबार स्वास्थ्य राज्य मन्त्री तारामान गुरुङले उदघाटन गर्ने कार्यक्रम छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post