sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » डिएसपीलाई गालीगलौज गर्दा युवक फन्दामा

खोटाङ, २ फागुन । डिएसपीलाई गालीगलौज गर्दा खोटाङका एक युवक प्रहरीको फन्दामा परेका छन् । तीन जना बोकेर बाईक चलाइरहेका अवस्थामा सोधपुछ गरेका डिएसपी नबिनकिशोर प्रधानलाई गालीगलौज गर्दा छोरम्बुका प्रविण राई प्रहरीको फन्दामा परेका हुन् । 

मादक पदार्थ सेवन गरेको अवस्थामा राईले आईतबार फोक्सिङटारमा प्रहरी पोशाकमै रहेका डिएसपी प्रधानलाई नचिनेर गालीगलौज गरेको प्रहरीले जनाएको छ ।

 बिना हेल्मेट एउटै बाईकमा तीन जना चढेको भेटिएपछि सोधपुछ गरेकोमा राईले डिएसपी प्रधानलाई गालीगलौज गरेका थिए । डिएसपीलाई गालीगलौज र हातपातको प्रयास गरेपछि पक्राउ परेका राईलाई सोमबार सार्वजनिक मुद्धा चलाइएको छ ।

खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटारको बेलिब्रिज अनुगमन निरिक्षणमा गएका डिएसपी प्रधानलाई राईले गालीगलौज गरेका थिए । स्थानीयलाई ट्राफिक नियमको विषयमा सोधेको भन्दै राई आफुमाथि आइलागेको डिएसपी प्रधानले बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post