sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » पत्रकार महासङ्घ खोटाङको अधिवेशन एक दिनपछि सर्यो

खोटाङ, ६ फागुन । नेपाल पत्रकार महासङ्घ शाखा खोटाङको अधिवेशन एक दिनपछि सरेको छ । केन्द्रबाट प्रतिनिधि नआइपुग्ने निश्चित भएपछि फागुन सात गतेका लागि तोकिएको अविधेशन एक दिनपछि फागुन ८ गतेलाई सारिएको हो । 

प्रेस युनियनले महासङ्घको केन्द्रीय कार्यालयमा लगाएको ताला शुक्रबार दिउसो खुलाएपछि लेखा समिति संयोजक दिपक पाण्डेलाई खोटाङ अधिवेशनको प्रतिनिधि तोकिएको छ । संयोजक पाण्डे भोली खोटाङ आउने हुनुभएको छ । 

सदरमुकाम दिक्तेलमा हुने पाँचौँ जिल्ला अधिवेशन सम्पन्न गर्न सबै तयारी पूरा भएको जिल्ला अध्यक्ष दमन राईले जानकारी दिनुभयो । अधिवेशनले सहमतिको आधारमा नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post