sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » » चाम्लिङलाई कृषि र चौलागाईलाई शिक्षा पत्रकारिता पुरस्कार

पुरस्कार ग्रहणा गर्दै  चाम्लिङ
खोटाङ, ८ फागुन । नेपाल पत्रकार महासङ्घ शाखा खोटाङको पाँचौं जिल्ला अधिवेशन उद्घाटनको अवसरमा आइतबार जिल्लाका दुई पत्रकारलाई पुरस्कृत गरिएको छ ।

 जिल्लामा क्रियासिल पत्रकार डिएम चाम्लिङलाई कृषि र उत्तम चौलागाईलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । 

 कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासङ्घका लेखा समिति संयोजक दिपक पाण्डेले पुरस्कृत पत्रकार चाम्लिङ र चौलागाईलाई नगदसहित दोसल्ला ओढाएर सम्मानपत्रका साथमा पुरस्कृत गर्नुभयो । पत्रकार महासङ्घको समन्वयमा जिल्ला कृषि विकास कार्यालयले पाँच हजार राशीको कृषि पत्रकारिता तथा जिल्ला शिक्षा कार्यालयले पाँच हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार स्थापना गरेको थियो ।  
पुरस्कार ग्रहणा गर्दै चौलागाई

चाम्लिङले बिगत एक दशकदेखि पत्रकारिताको माध्यमबाट जिल्लाको समग्र कृषि क्षेत्रको विकास तथा चौलागाईले करिब तीन वर्षदेखि शिक्षा क्षेत्रको विकासमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै पुरस्कृत गरिएको छनोट समितिका संयोजक दिलिप खत्रीले बताउनुभयो । महासङ्घको समन्वयमा जिल्ला कृषि विकास र जिल्ला शिक्षा कार्यालयले नौं वर्षअघि प्रत्येक अधिवेशनमा एक/एक जना पत्रकारलाई प्रदान गर्नेगरी पाँचरपाँच हजार राशीको पुरस्कार कोष स्थापना गरेको थियो ।  

अधिवेशनमा कार्यक्रमका प्रमुख अतिथि संयोजक पाण्डेलाई जिल्ला शाखाको तर्फबाट सम्मान गरिएको छ । खोटाङ जिल्लाकै डुम्रेधारापानीमा जन्मिएर पत्रकारिता गर्ने क्रममा काठमाडौंमा बसेर पत्रकार महासङ्घ केन्द्रीय समितिको लेखा समिति संयोजक जस्तो पदमा निर्वाचित भइ पत्रकारिता क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको भन्दै पाण्डेलाई सम्मान गरिएको हो । 

दिक्तेलस्थित होटल थ्री ब्रर्दसको सभाहलमा आयोजना गरिएको पाँचौं जिल्ला अधिवेशनको उद्घाटनसत्र सम्पन्न भएको छ । अधिवेशनबाट सहमतीको आधारमा नयाँ नेतृत्व चयन गरिने पत्रकार महासङ्घले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post