sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई संघको बधाई

खोटाङ, ११ फागुन । यातायात व्यवसायी संघ खोटाङले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिएको छ । 

सदरमुकाम दिक्तेलको पुरानो बेस क्याम्पस्थित कार्यालयमा मंगलबार एक कार्यक्रम गरी यातायात व्यवसायी संघले पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै शुभकामना दिएको हो । जिल्लाको बिकास निर्माण र परिवर्तनका सवालमा कमल चलाउनकालागि उत्साह प्रदान गर्न पत्रकारलाई बधाई तथा शुभकामना प्रदान गरिएको संघले जनाएको छ । 

संघका अध्यक्ष गणेशबिक्रम शाही, संघका सगरमाथा अञ्चल सह–संयोजक बुद्धिबिनोद लुईटेल, सचिव रामकुमार हिङमाङ लगायतले पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष दमन राई, उपाध्यक्ष रामधन राई, सुनिता मगर, सचिव उत्तम चौंलागाई, सहसचिव रमिला राई, कोषाध्यक्ष सर्मिला बिश्वकर्मा लगायतलाई खादा र अबिर लगाइदिएर बधाई दिएका छन् । फागुन ८ गते सम्पन्न अधिबेसनबाट पत्रकार महासंघको नयाँ नेतृत्व छानिएको हो । 

कार्यक्रममा संघका अध्यक्ष शाहीले जिल्लाको प्रगतीमा निष्पक्षताकासाथ कमल चलाउन पत्रकारलाई आग्रह गरे । 
गणपतिलाई पनि स्वागत 
यातायात व्यवसायी संघले शेरगण मुढे व्यारेक दिक्तेलका गणपति डम्बरबहादुर आलेलाई पनि स्वागत तथा शुभकामना प्रदान गरेको छ । शेरगणको गणपतिकारुपमा आएका आलेलाई पत्रकार महासंघका पदाधिकारीसँगै स्वागत तथा शुभकामना प्रदान गरेको हो । गणपति आलेले आपदबिपद तथा शान्ति सुरक्षा स्थापनार्थ हातेमालो गर्ने बताए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post