sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » पत्रकार महासंघ खोटाङमा पुनः दमन राई

दमन राई
खोटाङ ९ फागुन । नेपाल पत्रकार महासंघ खोटाङको अध्यक्षमा पुनः दमन राई निर्विरोध चयन भएका छन् ।
नयाँ नेतृत्वका लागि निर्वाचनको अन्तिम स्थिति उत्पन्न हुन लागेको अवस्थामा दमनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

सदरमुकाम दिक्तेलमा आइतबार भएको महासंघ जिल्ला शाखाको उदघाटनसँगै बन्दसत्र समेत सम्पन्न भएको थियो । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्न नसकेपछि सहमतिका लागि भन्दै प्रयासका क्रममा दमन पुनः अध्यक्षमा निर्वाचित बनेका हुन् ।
अध्यक्ष दमन, इमान्दार र सक्रिय जिल्लाका व्यवसायिक पत्रकारमा गनिन्छन् । उनी हाम्रोखोटाङ डटकमसँग समेत आवद्ध छन् ।

 यस्तै महासंघको उपाध्यक्ष रामधन राई, सचिवमा उत्तम चौलागाई सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनले केन्द्रीय पार्षद र प्रदेश पार्षद समेत सहमतिमा नै टुंगो लगाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post