sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » ट्याक्टरले किच्दा ज्यान गुमाएका छात्रको सम्झनामा रनिङ कप

खोटाङ, १४ फागुन । खोटाङमा ट्याक्टरले किच्दा ज्यान गुमाएका छात्रको सम्झनामा रनिङ कप फुटबल प्रतियोगीता घोषणा गरिएको छ । 

२०६९ साल जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको सम्झनामा अनुप स्मृति रनिङ कप खुला पुरुष फुटबल प्रतियोगीता घोषणा गरिएको हो । मृतक छात्रको सम्झनामा दिक्तेल फुटबल क्लव र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलले हरेक वर्ष सञ्चालन गर्नेगरी २ लाख ५१ हजार राशीको रनिङ कप घोषणा गरेको हो । 

सदरमुकाम दिक्तेलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगीताका संयोजक एबं माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका प्रिन्सिपल सागर जोशीले आगामी चैत्र २३ गतेदेखि २६ गतेसम्म अनुप स्मृति रनिङ कप खुला पुरुष फुटबल प्रतियोगीताको पहिलो संस्करण सञ्चालन हुने जानकारी दिए । 

प्रतियोगीताका बिजेताले नगद ५१ हजार १११ उपबिजेता टिमले नगद २७ हजार ७७७ र दुई सेमीफाईनलिस्टले ११ हजार १११ का साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, उत्कृष्ट डिफन्डर, गोलकिपर, मिडफिल्डर, स्ट्राईकर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, अनुशासित टिम, मेन अफ द टुर्नामेन्ट लगायत ९ बिद्यालाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
 
 अनुप स्मृति रनिङ कप खुला पुरुष फुटबल प्रतियोगीतालाई क्रमशः राष्ट्रव्यापी बनाउँदै ‘ए’ र ‘बि’ डिभिजन लिगसम्मका खेलाडीलाई स्थानीय मैदानमा उतार्ने लक्ष्य राखिएको छ । एक पटक प्रतियोगीता सञ्चालन गरेर चुपचाप बस्ने परिपार्टीलाई अन्त्या गर्दै दिर्घकालिनरुपमा प्रतियोगीता सञ्चालनलागि रनिङ कप घोषणा गरिएको संयोजक जोशीले बताए । ‘एक पल्ट रनिङ कप गर्दा लाग्ने लागत खर्च, जनशक्ती लगायतलाई हिसाव गरेरै हामीले प्रतियोगीता घोषणा गरेका हौँ,’ माउण्ट एभरेष्ट बोर्डिङ स्कुलको हलमा आयोजित पत्रकार सम्मेलनमा जोशीले भने, ‘हामी एक चोटी प्रतियोगीता गरेर वर्षौँसम्म केही नगर्ने प्रचलन तोड्न चाहन्छौँ ।’ रनिङ कपलाई जिल्लालाई सचनाउने र जिल्लाकै गर्वको प्रतियोगीताका रुपमा स्थापित गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगीता दिक्तेलकै माटिकोरे खेलमैदानमा सञ्चालन हुने छ । दृर्घटनामा ज्यान गुमाएका छात्रको सम्झना र खेल र खेलाडीको व्यवसायीक बृत्तिकालागि रनिङ कपको अवधारणा अघि सारिएको सहसंयोजक एबं दिक्तेल फुटबल क्लवका अध्यक्ष सगुन ताम्राकारले बताए । प्रतियोगीताकालागि लोपोन्मुख रेडपाण्डाको चित्रलाई मस्कट बनाइएको छ । दिक्तेल नगरपालिका लफ्याङका मृतक छात्र नर्सरीमा अध्ययतरत थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post