sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » उपचारका लागि मुटु रोगीको याचना

चिसाङ शेर्पा 
खोटाङ, फागुन १६ । खोटाङको बुईपा–७ खिरीका मुटु रोगी गणेशबहादुर ढकालले उपचारका लागि सहयोगको याचना गरेका छन् । उच्च रक्तचापका कारण मुटुको भल्व फुटेर मस्तिष्कमा असर पुगेकाले उपचारका लागि ढकाल परिवारले सहयोगको याचना गरेका हुन् । 

फागुन १ गतेदेखि सरकारले मुटुको भल्व फेर्नका लागि निशुल्क उपचारको व्यवस्था गरेपनि उपचारकाक्रममा लाग्ने अन्य खर्च अभाव भएकाले सहयोगी र शुभेच्छुकलाई गुहार माग्नु परेको ढकाल परिवारले बताएको छ । निम्न आर्थिकस्तर भएका ४६ वर्षीय ढकालको उपचार सहयोगका लागि सिटीजन बैंक कोटेश्वर शाखामा खोलिएको खाता नम्बर ००९०००१०० सिएस मा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।

शुभेच्छुककै आर्थिक सहयोगमा बिभिन्न अस्पताल पु¥याइएका ढकालको हाल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगन्जमा उपचार भइरहेको छ । मस्तिष्कमा रगत जमेकाले विरामीलाई दिनदिनै गाह्रो हुदै गईरहेकाले चाँडै शल्यक्रीया गर्नुपर्ने अस्पतालले जनाएको छ । छोरा रोशनका अनुशार मुटुको भल्व फेर्नुपर्ने र मस्तिष्कमा जमेको रगत निकाल्नुपर्ने अस्पतालले बताएको छ । 

ढकाललाई गत सोमवार इर्मजेन्सी वार्डबाट डिस्चार्च गरिए पनि दैनिकजसो डाक्टरको निगरानीमा राख्नुपर्ने भएकाले अस्पतालमै राखिएको छ । उपचारकाक्रममा करिब ७ लाख रकम आवश्यक परेको रोशनले बताए । ढकालको उपचार सहयोगका लागि सल्ले–८ खोटाङका सुरेन्द्र राईले १५ हजार र पोखराका धनराज गुरुङले १० हजार २६ रुपैयाँ सहयोग गरेका छन् । ढकालका श्रीमती, दुई छोरा एक छोरी छन् । उपचार सहयोगका लागि रोशनलाई मोबाईल नम्बर ९८४१९१९८०८ मा सम्पर्क गर्न सकिन्छ । 

चार वर्षअघि उच्च रक्तचापले ढलेका ढकाल उपचार पछि लट्ठीको साहरामा मात्र हिँडडुल गर्न सक्ने बनेका थिए । रक्तचापले ढलेपछि देब्रेहात र खुट्टा नचल्ने भएका ढकाललाई उपचारका लागि टिचिङ, भारत हुँदै श्री अस्पताल बिराटनगर लगिएको थियो । बिभिन्न अस्पताल चाहारेर उपचार गरेपछि लट्ठीको भरमा सामान्य हिँड्ने भएका ढकालको श्वास बढ्ने, मुटुको धड्कनको गति बढ्ने लगायतका समस्या देखिए पनि पुःन अस्पताल पु¥याइएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post