sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » १७ वर्षीय युवती हत्याका दोषी खोज्दै प्रहरी

खोटाङ, १ फागुन । खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीय रिता तामाङको हत्यामा संलग्न दोषी पहिचानकालागि प्रहरीले सक्रियता बढाएको छ । होटलमा काम गर्दैआएकी किशोरी गत बुधबार छिमेकी गाबिस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेकी थिईन् ।

किशोरीको शव शंकास्पद अवस्थामा भीरमा मृत अवस्थामा फेला परेपछि दोषी पहिचानकालागि प्रहरीले आफ्नो सबै बल प्रयोग गरेको छ । घट्नाको अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधान आफै टोली लिएर घट्नास्थलमा खटिएका छन् । घट्नास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । 

सिम्पानी बजारका व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिता घर नआएपछि खोजी गर्नेक्रममा बाटोभन्दा करिब ४० मिटर तल भीरमा मिल्काइएको अवस्थामा मृत भेटिएकी थिईन् । बिहान होटलमा काम गर्न गएर साँझ घर फर्कने गरेकी तामाङको शव ढुंगाले किचेर हत्या गरेर भीरबाट खसाइदिएको अनुमान गरिएको छ । प्रहरीका अनुशार युवतीको शवको टाउको फुटेका, दाँत खसाइदिएको, दाहिने आँखा फुटेको र चिउँडो ढुंगाले काटिएको अवस्थामा भेटिएको थियो । रितासँग बारम्बार फोन सम्पर्कमा रहेका, भेटघाट गरिरहने र फोनबाट धम्क्याउने गरेको सुचनाका आधारमा शंकास्पद व्यक्तीलाई शंकाको घेरामा राखेर अनुसन्धान भइरहेको डिएसपी प्रधानले बताए । होटल सञ्चालकसँगको सोधपुछपछि घट्नामा शंकास्पद मानिएका सिमपानी–६ का तीन जनालाई नियन्त्रणमा लिइसकेको छ । उनीहरुको नाम खुलाइएको छैन ।

भोजपुर नगरपालिका–७ कोदारकी ३० वर्षीया सुमिना महत खोटाङको डम्बर्खुशिवालय–१ स्थित काभ्रेखोलाको दोभानमा माघ २२ गते मृत फेला परेकी थिईन् । उनको हत्यामा संलग्न आरोपमा चिसापानी–४ का ४० वर्षीय रोहिन कार्की पक्राउ परिसकेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post