sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » खोटाङ जादैं गर्दा बाइक दुर्घटनामा मिलन घाइते, न्यूरोमा उपचार हुँदै

काठमाडौं २५ माघ
नेकपा एमाले निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (अनेरास्ववियु) का वोटाङ निबासी केन्द्रीय सदस्य मिलन राई बाइक दुर्घटनामा परी गम्भीर घाइते भएका छन् ।

काठमाडौंबाट सांगठनिक कामको सिलसिलामा मंगलबार बिहान खोटाङ जाने क्रममा भक्तपुरमा बाइक दुर्घटनामा परी मिलनलाई गम्भीर चोट लागेको छ । उनको टाउको र अनुहारमा चोट लागेको छ । हाल उनको थापाथलीस्थित न्यूरो हस्पिटलको आईसियू कक्षमा उपचार भईरहेको छ ।

चिकित्सकले उनको अप्रेशन गर्नुपर्ने या नपर्ने भन्नेबारे २४ घण्टापछि मात्रै थाहा हुने बताएका छन् । मंगलबार बाइक दुर्घटनामा घाइतेपछि मिलनले साँझ मात्र आफन्तसँग बोलेका थिए । उनको अवस्था सुधारोन्मुख रहेको हस्पिटलले जनाएको छ । मिलनसँगै पछाडी बस्ने अर्का व्यक्तिलाई भने सामान्य चोट मात्र लागेको छ ।
बिहानीपख रातको समयमा बाइक डिभाइडरमा ठोकिदाँ दुर्घटना हुन गएको बताइएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post