sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» »Unlabelled » मिलनको पार्थिव शरिर शुक्रबार १० बजे एमाले पार्टी कार्यालयमा, शुक्रबारै खोटाङ लगिने

काठमाडौं २७ माघ  । सांगठनिक कामको सिलसिलामा गृह जिल्ला जाने क्रममा सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा बिहीबार निधन भएका विद्यार्थी नेता मिलन राईको पार्थीव शरीर अन्तिम श्रद्धान्जलीका लागि शुक्रबार एमाले पार्टी कार्यालय धुम्बराहीमा राखिने भएको छ ।

उपचारका क्रममा ट्रमा हस्पिटलमा बिहीबार निधन भएका राइकाे पार्थीव शरीर बिहीबार साँझ पोष्टमार्टमका लागि टिचिङ हस्पिटल लगिएको छ । पोष्टपार्टम सकिएपछि शुक्रबार बिहान १० बजे उनको पार्थीव शरीर अन्तिम श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको हो । अन्तिम श्रद्धान्जलीसँगै उनको पार्थीव शरीर  शुक्रबार नै गृहजिल्ला खोटाङ हेलिकप्टरमार्फत लैजाने तयारी भईरहेको उनका आफन्तले जनाएका छन् ।

मिलनको पार्थिव शरीर ट्रमा हस्पिटलबाट पोष्टमार्टमका लागि बिहीबार साँझ टिचिंग लैजाने क्रममा ।
मंगलबार बिहान गृहजिल्ला जाने क्रममा बाइक दुर्घटनामा गम्भीर घाइतेपछि न्यूरो अस्पतालमा उपचाररत राईलाई थप उपचारका लागि ट्रमा सेन्टर पु¥याइएको थियो । मंगलबार बिहान ४ बजेपछि हिँडेको केही समयपछि नै उनी दुर्घटनामा परेका थिए । राईसँगै बाईकमा सवार उनका आफन्त भने सामान्य घाईते भएका छन् ।

सानो उमेरमै पार्टीभित्र कुशल संगठक, जुधारु र इमान्दारको परिचय बनाएका राईको निधनले पार्टी र संगठनलाई अपुरणीय क्षती पुगेको एमाले खोटाङका अध्यक्ष बबी चामलीङले बताए । उनी लामीडाँडा निबासी हुन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post