sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » मोटरबाइक दुर्घटनामा परेका विद्यार्थी नेता राईको निधन

खोटाङ, २७ माघ  । सडक दुर्घटनामा गम्भीर घाईते भएका खोटाङका विद्यार्थी नेता मिलन राईको मृत्यु भएको छ । 
सांगठनिक कामको सिलसिलामा राजधानी काठ्माण्डौंबाट दिक्तेल आउनेक्रममा मंगलबार बिहान बाईक दुर्घटनामा परी गम्भीर घाईते भएका राईको ट्रमा सेन्टरमा उपचारकाक्रममा बिहिबार दिउँसो मृत्यु भएको हो । ठिमीबाट बिहान ३ः१६ मिनेट जाँदा फेसबुकमा ‘के–के सोच्दैछु तिमीले यो काठ्माण्डौंमा ल्याएर बिचल्नीमा प¥यौँ ठिकै छ.......!’ स्टाटस लेखेर हिँडेका राई भक्तपुरमै सडकको डिभाईडरमा ठोक्किएका थिए । 

राई अनेरास्वबियुका केन्द्रीय सदस्य हुन् । दुर्घट्नापछि न्यूरो अस्पतालमा पु¥याइएका राईलाई थप उपचारका लागि ट्रमा सेन्टर पु¥याइएको थियो । ४ बजेपछि हिँडेको केही समयपछि नै उनी दुर्घटनामा परेका थिए । राईसँगै बाईकमा सवार उनका आफन्त भने सामान्य घाईते भएका छन् । 

सानो उमेरमै पार्टीभित्र कुशल संगठक, जुधारु र इमान्दारको परिचय बनाएका राईको निधनले पार्टी र संगठनलाई अपुरणीय क्षती पुगेको एमाले खोटाङका अध्यक्ष बबी चामलीङले बताए । अखिलका बिद्यार्थीहरुले भने तनावमा स्टाटस लेखेको र तनावकै कारण दुर्घट्ना भएको आशंका गरेका छन् । उनी लामीडाँडा निबासी हुन् । स्वास्थ्यमा सुधार आउन थालेको भनिएको केही समयपछि भएको राईको मृत्युले शुभेच्छुकलाई स्तब्ध बनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post