sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » हाम्रोखोटाङ डटकमका शुभचिन्तक थिए मिलन

काठमाडौं २८ माघ

खोटाङ निवासी मिलन राई, खोटाङको विकास तथा जिल्लाको सामाजिक आर्थिक तथा सांस्कृतिक क्षेत्रको प्रचारप्रसार तथा प्रबर्धन गर्ने उद्देश्यले विगत पाँच वर्षदेखि सञ्चालन हुँदै आएको हाम्रोखोटाङ डटकमका शुभचिन्तक समेत थिए ।

मोटरसाइकल दुर्घटनापछि उपचारका क्रममा ट्रमा हस्पिटलमा बिहीबार निधन भएका राई हाम्रोखोटाङ डटकमलाई व्यवसायिक रुपमा अगाडी बढाउन हौसला मात्रै नभएर आवश्यक परे जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्दथे ।

'तपाईहरुले जिल्लाको प्रचार प्रसार तथा प्रबर्धनका लागि धेरै नै राम्रो गरिरहनु भएको छ,' मिलनले भन्ने गरेका कुरा सम्झिदै एक हाम्रोखोटाङ डटकमकर्मी भन्छन्, 'उहाँ साँच्चै असल व्यक्ति हुनुहुन्थ्यो, हामीलाई समेत माया गरिरहनुहुन्थ्यो ।'

मिलनले हाम्रोखोटाङलाई जिल्लाका सरकारी कार्यालय, व्यापारिक संघसंस्थासँग जोडिएर आर्थिक रुपमा समेत सहयोग पुग्ने गरी अगाडी बढ्न समेत सुझाव दिने गरेका थिए ।
लामिडाँडा निवासी मिलन अनेरास्ववियुका केन्द्रिय सदस्य थिए भने सांसद विशाल भट्टराईका स्वकिय समेत थिए ।

संघर्षशिल, मिहेनती र इमान्दार मिलन राईको असामयिक निधनप्रति हाम्रोखोटाङ डटकम परिवार हार्दिक श्रद्धान्जली अर्पण गर्दछ र उनका समस्त शोकसन्तप्त परिवारप्रति धैर्यधारण गर्नसक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post