sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » मिलनको अन्त्येष्टि गृहजिल्ला खोटाङमा

काठमाडौं, २९ माघ । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइतेपछि उपचारका क्रममा निधन भएका खोटाङ निवासी विद्यार्थी संगठन अखिलका केन्द्रिय सदस्य मिलन राईको गृहजिल्ला लगेर अन्त्येष्टि गरिएको छ ।


सांगठनिक कामको सिलसिलामा गृह जिल्ला जाने क्रममा सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा बिहीबार निधन भएका विद्यार्थी नेता मिलन राईको पार्थीव शरीर अन्तिम श्रद्धान्जलीका लागि शुक्रबार एमाले पार्टी कार्यालय धुम्बराहीमा राखिएको थियो । अन्तिम श्रद्धान्जलीसँगै उनको पार्थिव शरीर जिल्ला लगेर राई सँस्कृति अनुसार अन्तिम अन्त्येष्टि गरिएको छ ।

उपचारका क्रममा ट्रमा हस्पिटलमा बिहीबार निधन भएको उनको पार्थीव शरीर बिहीबार साँझ पोष्टमार्टमका लागि टिचिङ हस्पिटल लगिएको थियो । शुक्रबार पार्टी कार्यालयमा श्रद्धाजलीसँगै शुक्रबार नै उनको पार्थिव शरीर खोटाङ पुर्याएर अन्तिम अन्त्येष्टि गरिएको हो ।

मंगलबार बिहान गृहजिल्ला जाने क्रममा दुर्घटनामा गम्भीर घाइतेपछि न्यूरो अस्पतालमा उपचाररत राईलाई थप उपचारका लागि ट्रमा सेन्टर पु¥याइएको थियो । मंगलबार बिहान ४ बजेपछि हिँडेको केही समयपछि नै उनी दुर्घटनामा परेका थिए । राईसँगै बाईकमा सवार उनका आफन्त भने सामान्य घाईते भएका छन् ।

सानो उमेरमै पार्टीभित्र कुशल संगठक, जुधारु र इमान्दार व्यक्तिको रुपमा परिचय बनाउन उनी सफल बनेका थिए । लामिडाँडा निवासी मिलन अखिल केन्द्रिय सदस्यसँगै सांसद विशाल भट्टराईका स्वकिय समेत थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post