sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » वृद्धमाथि कुटपिट विषयमा प्रहरी र स्थानीयबिच विवाद

खोटाङ, २ फागुन । खोटाङमा वृद्धमाथि कुटपिट भएको बिषयलाई लिएर प्रहरी र स्थानीयबिच विवाद भएको छ ।
 शुक्रबार राती दिक्तेल नगरपालिका–२ का ८४ वर्षीय चक्रबहादुर श्रेष्ठमाथि कुटपिट भएको विषयलाई लिएर प्रहरी र श्रेष्ठका आफन्तबिच बिवाद भएको हो । सुतीरहेका बृद्धमाथि शुक्रबार राती मादक पदार्थ सेवन गरेका प्रहरी जवान डिकबहादुर खड्काले ढोका खोलेर कुटपिट गरेको श्रेष्ठ परिवारले बताएका छन् । 

कुटपिट गरेको भन्दै बृद्ध श्रेष्ठका आफन्तले प्रहरी जवानमाथि जिल्ला प्रहरी कार्यालय परिसरमै हातपातको प्रयास गर्दा शनिबार साँझ तनाव सिर्जना भएको थियो । घट्नाको दोश्रो दिन हुलियाको आधारमा खोजी गर्नेक्रममा कुटपिटमा संलग्न व्यक्ती प्रहरी जवान भएको पत्ता लागेको छोरा तिलक श्रेष्ठले बताए । उनका अनुशार राती गलहत्याएर बाहिर निकाल्ने आफन्तको सहयोगमा कुटपिट गर्ने व्यक्तीको पहिचान गरिएको हो । बृद्धमाथि चड्कन हान्ने जवानलाई छिकेमीले राती घरबाट निकालेर पठाइदिएको स्थानीयको भनाई छ । बृद्धमाथि कुटपिट भएकामा प्रहरी जवान खड्कालाई हातपात गरेको भन्दै बृद्धका छोरा तिलक र रुद्र श्रेष्ठलाई प्रहरीले केही समय नियन्त्रणमा लिएको थियो ।

 बृद्धमाथि कुटपिट भएको बिषयलाई लिएर ज्येष्ठ नागरिक संघले आईतबार प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेललाई भेट गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन् । प्रहरी र श्रेष्ठ परिवारका आफन्तबिचको बिवाद हालसम्म समाधान गरिएको छैन । 
बृद्धमाथि कुटपिट गर्ने जवान र जिल्ला प्रहरी कार्यालय परिषरमा प्रहरीमाथि हात हाल्ने दोषीलाई कानून अनुशार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताए । ‘बृद्धलाई कुटपिट गर्ने जवानलाई पनि कानून अनुशार कारबाही हुन्छ,’ डिएसपी प्रधानले भने, ‘प्रहरी परिषरमै प्रहरीलाई हात हाल्नेलाई पनि कारबाही हुनु पर्छ ।’

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post