sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » टुवा खोला–पञ्चमी बजार सडक उदघाटन

खोटाङ १ फागुन
उदघाटनपछि स्थानीय र अतिथि सामुहिक तस्बिरमा
खोटाङमा टुवा खोला–पञ्चमी बजार सडक उद्घाटन भएको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत बतासेस्थित टुवा खोला र सछितापोखरीको पञ्चमीबजार जोड्ने १४ किलोमिटर लम्बाई भएको सडक प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले उदघाटन गरेका हुन् ।

 जिबिस, गाबिस तथा सामुदायीक बनको आर्थिक सहयोगमा ४ वर्ष लगाएर सडक निर्माणका काम पूरा गरिएको सडक निर्माण उपभोक्ता समितिका सचिव लोकेन्द्र राईले बताए । 

फरक–फरक आर्थिक वर्ष जिबिसबाट प्राप्त भएको १५ लाख, बतासे गाबिसको १५ लाख, सछितापोखरी गाबिसको ६० हजार, स्थानीय मार्से सामुदायिक बनको ४ लाख, जोरमाटार सामुदायीक बनको २ लाख, ढुकुरथुम सामुदायीक बनको १ लाख ४० हजार लगायत गरी ९० लाखको लागतमा सडक निर्माणका काम सम्पन्न भएको हो । सडक निर्माणकाक्रममा १९ लाख ऋण परेको निर्माण समितिले जनाएको छ । 
सडक सदघाटनपछि स्थानीयसँग सामुहिक तस्बिर खिचाउँदै अतिथि । तस्बिर ः राम दंगालको फेसबुक 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post