sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » स्ववियु पूर्ण समानुपातिक समाबेशी बनाउन माग

खोटाङ २१ माघ 
संघीय समाजवादी फोरम निकट समाजवादी विद्यार्थी फोरम नेपाल खोटाङले पूर्ण समानुपातिक समाबेशीका आधारमा स्ववियुको निर्वाचन गर्नुपर्ने माग राखेका छन् । 

स्ववियु निर्वाचनको मिति नजिकिँदै गर्दा समाजवादी विद्यार्थी फोरमले स्ववियूलाई सिमान्तकृत, अल्पसंख्यक, मधेसी, आदिवासी–जनजाती, शिल्पी, उत्पीडित, उपेक्षित, गरीब बिद्यार्थीको साझा थलोकारुपमा बिकास गर्नका लागि निर्वाचनकाक्रममा पूर्ण समानुपातिक समाबेसी निर्वाचन प्रणाली अबलम्बन गर्न माग गरेको हो । 

शुक्रबार विज्ञाप्ति जारी गर्दै समाजवादी विद्यार्थी फोरमले बिद्यार्थीको बलीदानीपूर्ण संघर्षबाट स्थापित स्वबियूको गौरबशाली इतिहासलाई अझ खँदिलो र गर्बिलो बनाउनकालागि परम्परागत प्रत्यक्ष निर्वाचन प्रणाली र हाल त्रिबीले अवलम्बन गर्न खोजिरहेको मिश्रित निर्वाचन प्रणालीमा देखिएको विकृति विसंगतीलाई अन्त्या गर्नकालागि पूर्ण समानुपातिक समाबेसीका आधारमा स्वबियुको निर्वाचन गर्नुको विकल्प नभएको दाबी गरेका छन् । 

माग सम्बोधन नभए आफ्नो संगठन कडा भन्दा कडा आन्दोलनमा उत्रिने समाजवादी विद्यार्थी फोरमका जिल्ला अध्यक्ष रविन खम्बूले चेतावनी दिए । स्ववियु निर्वाचन फागुन १४ गते हुँदैछ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post