sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » छात्रा कुटपिट गर्ने शिक्षिकामाथि कारबाही माग

खोटाङ ११ फागुन । खोटाङका चार बिद्यार्थी संगठनले छात्रामाथि कुटपिट गर्ने शिक्षिकालाई कारबाही गर्न माग गरेका छन् । 

विद्यार्थी संगठनले शंखेश्वरी माबि बराहपोखरीमा कक्षा ६ मा अध्ययनरत छात्रा कौशिला राईमाथि बेहोस हुनेगरी कुटपिट गर्ने शिक्षीका कृष्णकुमारी रेग्मीलाई कानूनी कारबाही गर्न माग गरेका हुन् ।

 नेबिसंघ, अनेरास्वबियु, अखिल क्रान्तकारी र समाजबादी बिद्यार्थी फोरमले छात्रालाई कुटपिट गर्ने शिक्षिकालाई कारबाहीका लागि जिल्ला शिक्षा कार्यालय र प्रशासनमा उजुरी दिँदा समेत बेवास्ता गरिएको भन्दै कारबाही माग गरेका हुन् ।

छात्रामाथि निर्घात कुटपिट गरेर मानव स्वतन्त्रता हनन् तथा गाली बेइज्जती गरिएकोप्रति खेद प्रकट गर्दै बिद्यार्थी संगठनले सोमबार संयुक्त बिज्ञाप्ती जारी गर्दै शिक्षिका रेग्मीलाई कानून बमोजिम कारबाहीकालागि माग गरेका छन् ।

शिक्षीका रेग्मीमाथि फागुन ३ गते छात्रालाई लट्ठीले कुटपिट गरेको अभियोग छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post