sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » मादक पदार्थ सेवन गर्ने शिक्षकलाई सरसफाईको सजाय

खोटाङ, १६ फागुन । पटक–पटक मादक पदार्थ सेवन गरेर आउने शिक्षकलाई जिल्ला शिक्षा कार्यालय खोटाङले कार्यालय सरसफाई गर्ने सजाय दिएको छ । 

सुध्रिनका लागि पटक–पटक अल्टिमेटम दिँदा र राजीनामा माग्दा समेत मादक पदार्थ सेवन गरेर विद्यालय आउन नछाडेपछि सदरमुकाम दिक्तेलस्थित सरस्वती आधारभूत प्रावि पोखरीका शिक्षक मिनबहादुर खत्रीलाई जिल्ला शिक्षा कार्यालय सरसफाई गर्ने जिम्मा दिइएको हो । शिक्षक खत्रीलाई आईतबार काजमा जिल्ला शिक्षा कार्यालय ल्याएर सरसफाई गर्ने जिम्मा दिइएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए । 

नसुध्रिएसम्म खत्रीलाई काजमा राखेर सरसफाईको काममा लगाइने शिक्षाले जनाएको छ । 

मादक पदार्थ सेवन गरेर बिद्यालयमा आएको अवस्थामा शिक्षक खत्री गत कार्तिक ३० गते विद्यालयबाटै पक्राउ परेका थिए । आगामी दिनमा गल्ती नदोहोर्याउने शर्तमा राजीनामा दिएका शिक्षक खत्रीले पुनः मादक पदार्थ सेवन गरेर विद्यालयमा आउने गरेको अभिभावकको गुनासो आएपछि उनलाई काजमा शिक्षा कार्यालय लगिएको हो । खत्री निमावि तहका अस्थायी शिक्षक हुन् । 



राजीनामा मागिएको दुई महिनासम्म सुध्रिए पनि पुनः मादक पदार्थ सेवनलाई दोहो¥याएको अभिभावकले बताएका छन् । लाज सिर्जना गरेर सुधार गर्नका लागि शिक्षक खत्रीलाई सरसफाईका काम जिम्मा दिइएको जिशिअ नेपालले बताए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post