sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » ३ हजार ८ सय भूकम्प प्रभावित खोटाङे लाभग्राहीहरूको नामावली सार्वजनिक

खोटाङ ११ चैत
सरकारले ३ हजार ८ सय १६ जना भूकम्प प्रभावित खोटाङे लाभग्राहीहरूको नीजि आवासका पुननिर्माणका लागि नामावली सार्वजनिक गरेको छ । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय कार्यान्वयन इकाई निजि आवास पुननिर्माणका लागि छनौट भई सिफारिस भएका लाभग्राहीहरुको नामावली प्रकाशन गरेको हो । 

मन्त्रालयले २०७२ वैशाख १२ गते भूकम्प तथा त्यसपछिका पराकम्पनहरूबाट क्षति प्राप्त नीजि आवास भवनहरुको पुननिर्माणका लागि नेपाल सकाररले उपलब्ध गराउने आवास अनुदानको लाभग्राही पहिचान गर्ने प्रयोजनका लागि केन्द्रीय तथ्यांक विभागद्धारा सञ्चालिन भूकम्प प्रभाति आवास पुननिर्माण लगत संकलन कार्यक्रम अन्तर्गत नामावली सार्वजनिक गरिएको जनाएको छ ।

 सो को जानकारी जिल्ला समन्वय परिषद खोटाङले पनि सुचना टासेर अवगत गराएको छ । परिषदले जिल्ला भित्रका ३२ साविक नगपालिका/गाविसका ३ हजार ८ सय १६ भूकम्प प्रभावित लाभग्राहीको नामावली सार्वजनिक भएको जनाएको छ ।
नामावली यहाँ तल राखिएको छ । जुम गरेर ठूलो बनाएर अथवा डाउनलोड गरेर हेर्न सकिनेछ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post