sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » तीन विद्यालयमा बिद्यार्थी सचेतना कार्यक्रम

खोटाङ, २४ फागुन । खोटाङका तीन बिद्यालयमा बिद्यार्थी सचेतना कार्यक्रम गरिएको छ । बैदेसिक रोजगारलाई सुरक्षित, उपलव्धीमूलक र भरपर्दो बनाउने उद्धेश्यले जिल्लाको साकेला माबि रतन्छा, सिद्धेश्वरी माबि खिदिमा र बालबालिका माबि मात्तिममा बिद्यार्थी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

सुरक्षित अप्रबासन परियोजना (सामी)को बिद्यालय तथा आम सञ्चार कार्यक्रम अन्तरगत तीन बिद्यालयका १५० बिद्यार्थी र सामाजिक शिक्षकलाई सहभागी गराएर सचेतनामुलक कार्यक्रम गरिएको हो । बिद्यार्थी र शिक्षकलाई बैदेसिक रोजगारमा चुनौती तथा अवशर, फाईदा बेफाईदा लगायतको बिषयमा जानकारी गराइएको परियोजनाका साझेदार संस्था बालसेवा समाज नेपालकी सामाजिक परिचालक लिला निरौलाले बताउनु भयो ।

यस्तै, खिदिमा र रतन्छामा सुरक्षित बैदेसिक रोजगार सम्बन्धी घुम्ती शिबिर सञ्चालन गरिएको छ । बिदेश जानअघि लिनुपर्ने तालिम र सीपको महत्व, कागजात, आवश्यक परामर्श, सुचना केन्द्र लगायतमा बिषयमा जानकारी दिन घुम्ती शिबिर सञ्चालन गरिएको हो । दुई गाबिसका प्रत्येक वडामा बैदेसिक रोजगार सम्बन्धी घुम्ती शिबिर सञ्चालन गरिएको बालसेवाले जनाएको छ । सामाजिक परिचालक बिनिता राई, अञ्जुर राई र लिला निरौलाको टोलीले कार्यक्रम सञ्चालन गरेको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post